बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, प्रदेशलाई जनशक्ति व्यवस्थापनकाे जिम्मा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार १:८:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/docter_pSiy3hrCDQ.jpg)
२ माघ, बाजुरा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ । यसक्रममा प्रतिष्ठानले बाजुराको बूढीनन्दा नगरपालिकाद्वारा सञ्चालित कोल्टी स्वास्थ्य चौकीमा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउने छ । यससम्बन्धी द्विपक्षीय सम्झौतामा प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्ले र नगरप्रमुख पद्मकुमार गिरीले आज कोल्टीमा हस्ताक्षर गरे ।
प्रतिष्ठानको ऐनअनुसार आफ्नो सेवा क्षेत्रका जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्न विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । उनका अनुसार सो सम्झौता सो १० शय्याको स्वास्थ्य चौकीका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको समन्वयमा प्रतिष्ठानले उपलब्ध गराउने छ ।
हुम्ला र मुगु जिल्लाका बिरामीसमेत आउने सो स्वास्थ्य चौकीमा आवश्यक चिकित्सक नहुँदा वर्षौदेखि सेवाग्राही समस्यामा रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा वाग्लेले कर्णाली प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउनु प्रतिष्ठानको मुख्य ध्येय रहेको बताए। उनले भने “प्रतिष्ठानले एमबीबीएस तहको अध्ययन अध्यापन गराउन अन्तिम तयारी गर्दैछ । यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ । ”
नगरप्रमुख गिरीले प्रतिष्ठानले नगरपालिकामा सेवा विस्तार गरेकोमा धन्यवाद दिए । कार्यक्रममा प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईँ, प्राडा दिनेश बास्तोला, डा सूर्यमान लिम्बू र डा निराजन महासेठको पनि सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार