गभर्नर अधिकारीद्वारा क्लियरिङ्ग हाउसको ‘कर्पोरेट पे’ प्रणाली सुरुवात
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार १:३९:१५
२ माघ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आज भर्चुअल कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि ‘कर्पोरेट पे’ प्रणालीको सुरूवात गरेको छ । यस प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।
उक्त कार्यक्रममा राष्ट्र बैंकका अन्य विशिष्ट अतिथिहरू डेप्यूटी गभर्नर चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक भुवन कँडेल, देवकुमार ढकाल, सम्बन्धित संघहरुका अध्यक्षहरु भुवनकुमार दाहाल, सरोज काजी तुलाधर, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरू, एनसीएचएलका संचालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक, बैंकिंग विभागका कार्यकारी निर्देशक, नरेश शाक्य र एनसीएचएलका संचालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कर्पोरेट पे प्रणाली बैंक/वित्तीय संस्थाहरूका व्यावसायिक ग्राहकहरूको लागि सहज रुपमा डिजिटल भुक्तानी गर्नका लागि प्रदान गरिएको भुक्तानी प्ल्याटफर्म हो । यस प्रणालीको सुरुवात सँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यी भुक्तानीहरू कनेक्ट आइपीएस मार्फत Real-time मा तथा NCHL-IPS मार्फत Non-real-time मा हुनेछन् ।
यस प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ । कर्पोरेट पे सेवा लिनका लागि व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरी एक पटक स्विकृती प्राप्त गर्नुपर्ने हुन्छ ।
यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमाकारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेकजाँच पश्चात प्रोसेस हुने व्यवस्था रेहेको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु प्नि लिन्क गरी multi-layer authentication को सुरक्षित व्यवस्था सहित कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
नेपाल राष्ट्र बैंकको हालको नेतृत्वले डिजिटल भुक्तानीको क्षेत्रलाई उकास्न र यसको पहँुच र उपयोगिता बढाउन विशेष पहलकदमी भूमिका खेल्दै आएको छ । कर्पोरेट पे प्रणालीको समुद्घाटन कार्यक्रममा बोल्दै गभर्नर माहाप्रसाद अधिकारीले आफ्नो धारणा राखे । उनले भनेः– “नेपाल राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट ईलेक्ट्रोनिक चेक हुँदै नगद रहित डिजिटल प्रणाली कार्यान्वयन गर्न एनसीएचएलले अग्रणी भूमिका निर्वाह गर्दै आएकोछ ।
नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्रतिर जोड दिने नेपाल राष्ट्र बैंकको नीतिलाई आजको यस कर्पोरेट पे प्रणालीको सुरुवातले थप टेवापुर्याउने विश्वास लिएका छौँ । कर्पोरेट पे प्रणालीमार्फत बैंक वित्तीय संस्थाका कर्पोरेट ग्राहकहरुको कारोबार पनि डिजिटलमा लगी नगद र चेकको प्रयोग उल्लेख्य घटाउन मद्दत पुग्ने छ ”
कर्पोरेट पे प्रणालीको सफल कार्यान्वयन गरी व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीमा जोड्ने कार्यमा एनसीएचएलका संचालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक, बैंकिंग विभागका कार्यकारी निर्देशक, नरेश शाक्यको पनि विशेष योगदान रहेको छ । कार्यक्रममा बोल्दै शाक्यले भने “एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS र NPI प्रणालीहरु सञ्चालनगर्दै आएको छ ।
अब कर्पोरेट पे प्रणालीको सुरुवात पछि सदस्य बैंक वित्तिय संस्थाहरुले आफ्नो साना तथा मझौला व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीमा जोड्न मद्दत पुर्याउनेछ । यसले नगद रहित कारोबारलाई प्रोत्साहन गरी डिजिटल कारोबारको संख्या र रकम वृद्धी गर्न मद्दत गर्नेछ । एनसीएचएलको पुनर्लगानीको नीति तथा भुक्तानी पूर्वाधार विकासमा हाम्रो प्रतिबद्धता बमोजिम कर्पोरेट पे प्रणाली पनि बैंक वित्तीय संस्थाहरुक्रो थप लागत बिना नै उपलब्ध गराइएको छ ।”
कर्पोरेट पे प्रणालीमा हाल २० भन्दा बढी बैंक वित्तिय संस्थाहरुले आबद्ध भइसकेका छन्, भने अन्यबाट ग्राहकहरुलाई सेवा प्रदान गर्न आवश्यक पहल पनि भइरहेको छ । एनसीएचएलले उक्त प्रणालीको विस्तारको लागिआफ्ना सदस्य बैंक वित्तीय संस्थाहरुलाई आवश्यक सहजीकरण गर्दै आएको छ । नेपाल राष्ट्र बैंक तथा सदस्य बैंक वित्तिय संस्थाहरुको सहयोग मार्फत यसप्रणालीले डिजिटल भुक्तानीको क्षेत्र थप सुदृढ हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार