ललितपुरबाट दैवीप्रकोप व्यवस्थापन कोषमा ५० लाख
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार २:३:०
२ माघ, ललितपुर । ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष दैवीप्रकोप व्यवस्थापन कोषमा रु ५० लाख बजेट छुट्याउने भएको छ । “बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मूल नाराका साथ आज ‘२३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७’ को अवसरमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आगामी दिनमा आउन सक्ने भूकम्पीय जोखिमलाई मध्यनजर गरी कोषमा हरेक वर्ष रु ५० लाख बजेट व्यवस्थापन गरिने बताए ।
उनले भने, “यहाँका हरेक वडाले पनि विकास बजेटमा आएको रकमबाट रु एक लाख कोषमा जम्मा गर्ने कुरा अघि बढेको छ ।” महानगरपालिकाले विपद् जोखिममा परेका नागरिकलाई बचाउन विभिन्न किसिमका तालीमलगायत असहाय अनि बिरामी व्यक्ति राख्न वडा नं १७ ग्वार्को र वडा नं २२ बुङ्मतीमा भवनको समेत व्यवस्थापन गरिसकेको उनको भनाइ थियो ।
वडा नं। १२ का वडाध्यक्ष नारायणलाल अवालेले हरेक वडामा आउने बजेटबाट ५ प्रतिशत भूकम्पीय व्यवस्थापनमा छुट्टाएर आफ्नै स्रोतबाट काम गर्ने कुरा अघि बढिरहेको जानकारी गराए । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले विपद् अप्रत्यासित रुपमा आइपर्ने भएकाले पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभ जस्ता कार्यमा ध्यान दिन जरुरी रहने औँल्याए ।
कार्यक्रममा १९९० सालमा भूकम्प गएपछि १९९७ सालमा पाटनको भीमसेन मन्दिर अगाडि अन्नपूर्णेश्वरीको मूर्ति स्थापना गरी आउने जोखिम हटाइएको बताइयो । विसं १९९० को भूकम्पमा परी ललितपुरवासीले घर बनाउन खर्च गरेको रु २४ लाख २१ हजार ३० भने तत्कालीन सरकारले सबैलाई मिनाहा गरिदिएको शिलालेखमा उक्त कुरा उल्लेख गरिएको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार