अबदेखि जुन देशबाट यात्रा गर्ने हो त्यहिकाे पीसीआर रिपोर्ट अनिवार्य

नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार ४:४:३१

२ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले कोरोनाको पीसीआर पोजिटिभ भएको यात्रुलाई यात्रा गर्न दिएको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । निगमले नेपाल र भारतबीच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक-एक उडान हुँदै आएको र उक्त सम्झौताअनुसार ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट उल्लेख भए बमोजिम पुस १५ मा दिल्लीबाट काठमाडौँ उडान गर्ने छ जना यात्रुमा अघिल्लो दिन काठमाडौँबाट जाँदा गरिएको ७२ घण्टाभित्रकै पीसीआर रिपोर्ट रहेकोले यात्रा गर्ने अनुमति दिएको जनाएको छ ।
निगमद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, “काठमाडौँ अवतरण गरीसकेपछि हेल्थ डेस्कले भारतमा गरेको पीसीआर रिपोर्ट चाहिने बताए पछि छ जना यात्रुलाई ७२ घण्टाभित्रको पीसीआर भएता पनि क्वारेन्टाइन राख्नुपर्ने निर्देशन दिएपछि उनीहरुलाई क्वारेन्टाइन राखिएको हो ।” निगमले अबदेखि जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गर्ने पनि जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
च्याम्पियन्स ट्रफीमा ड्युटी नगर्ने सय पाकिस्तानी प्रहरी बर्खास्त
फागुन १४, २०८१ बुधबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार