के तपाई आईपीओमा लगानी गर्न चाहानुहुन्छ ? ६ अर्ब ३९ करोडको साधारण शेयर आउँदै छ !
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार १८:०:४८
३ माघ, काठमाडौं । प्राथमिक बजारमाफर्त शेयरबजार भित्रिनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय आईपीओमा लगानी गरेर राम्रो आम्दानी हुन थालेपछि बजार भित्रिनेहरु बढ्न थालेका हुन् । जसलाई पछिल्लो समय शेयर जारी गरेका कम्पनीहरुको शेयर माग अनुपातले पुष्टि गरेको छ । तर यसरी दैनिक प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै आईपीओ भर्ने आवेदकका संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।
हालै मात्र आईपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सको आईपीओमा करिब १० लाख बढी आवेदकले आवेदन दिएका थिए । यतिबेला नेपाल इन्फास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता निष्कासन खुल्ला छ । निष्कासनको पहिलो दिनमा करिब ३ लाख आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।
त्यस्तै, सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाइसकेको छ । कम्पनीले चाडै निष्कासन गर्नेछ भने, न्यादी हाइड्रोपावर कम्पनी लिमिटे, साहस उर्जा कम्पनी लिमिटेड, शुभम पावर लिमिटेड, इमर्जिङ्ग नेपाल लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेड भने बोर्डको स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
सिबिआईएल क्यापिटल लिमिटेड
सिबिआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ बैशाख १९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसविआई मर्चेन्टले गर्नेछ ।
शुभम पावर लिमिटेड
शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदौ २७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।
इमर्जिङ्ग नेपाल लिमिटेड
इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
तेह्रथुम पावर कम्पनी लिमिटेड
तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड
ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड
मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेड
रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा मतगणनामा ढिलाइ भएकोमा एलोन मस्कले उठाए
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार