बामदेव: विभाजनको सुत्राधार कि एकताको मतियार
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार १८:३३:२७
कमरेड बामदेव गौतमले अहिले नेकपा एकता राष्ट्रिय अभियानको नेतृत्व गरेर पुनः पार्टीलाई एकताबद्ध बनाएर लैजाने हिम्मत गरेका छन् ।गौतमको यो अभियानले निराशामा रहेका नेकपाका तल्लो स्तरका केही नेता तथा कार्यकर्ताहरुमा झिनाे आशा पलाएको छ ।
हिजो सिंगो पार्टी फुटाउन न्वारानदेखिको बल प्रयोग गर्नेहरु पनि अहिले गौतमले उठाएको कदम ठिक छ भन्दै सपनाको फल खान आतुर देखिएका छन् । हिजो पार्टी अध्यक्षलाई धारे हात लगाउँदै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट बर्खास्त गर्न कस्सिएका बामदेवलाई अहिले फेरि एकताको नशाले पिरोलिरहेको देखिन्छ ।
केही राजनीतिक विश्लेषकहरु पनि गौतमको यो कदम नेकपाका लागि उपयोगी भएपनि अलि ढिलो गरेर आएकोले अब यसको सार्थकता र आउने परिणामका बारेमा भने प्रश्न चिन्ह लागिसकेको बताउँछन् । नेकपा भित्रको एउटा समूह पार्टी पुनः एकताको पक्षमा देखिएपछि बामदेवले त्यही त्यान्द्रोलाई समातेर बैतरणी नदी तर्ने जमर्को गर्दैछन् । बामदेवकै कारण पार्टी विभाजनको पीडा पहिला नै भोगिसकेकाहरु भने यसलाई बामदेवको राजनीतिक तिकडम बाहेक केही होईन पनि भनिरहेका छन् । विभाजनका शुत्रधारहरुबाटै पुनः एकताको राष्ट्रिय अभियानमा को–को नेताहरु समाहित भएर आउने हुन ?
किनकी पार्टीलाई एकताबद्ध गराएर लैजाने मुख्य थलो नै पार्टीको महाधिबेशन हो । नेकपा भित्रका पटक पटकका बैठकहरुले समेत मिति नै तय गरिसकेको महाधिबेशनबाट भागेर अहिले एकताको प्रयास गर्नु भनेको चाँही आफैमा लाजमर्दो कुरा हो ।
बामदेवले आफ्नो राजनीतिक भबिष्य सुनिश्चित गर्न बनाएको नेकपाको तेश्रो धारमा को को अटाउँने हुन ? त्यो पनि अहिल्यै आँकलन गर्न सकिने बिषय भएन । आफ्नो पक्षमा जनाधार तैयार पार्न खप्पिस गौतम यसपटक भने नराम्रराेसँग पछारिएका छन् । महाधिबेशनलाई पार्टी एकताको बटमलाईन बनाएर नेकपा अगाडि बढेको भए पार्टी विभाजनसम्मको अहिलेको अवस्थासम्म आई पुग्दैनथ्यो कि ? भन्ने अनुमान लगाउन भने सकिन्छ तर अब बेला बितिसकेपछिको बेमौसमी बाजा बजाएर फेरि पनि पार्टीमा जोक्कर बन्नु को के नै पो अर्थ रहन्छ र ?
पार्टीलाई एकताबद्ध गराएर लैजाने चाहना हुन्थ्यो त नेकपाका नेताहरुमा जतिसक्दो चाँडो पार्टीको महाधिवेशन गराउनेतर्फ अग्रसर हुनुपथ्र्याे । आफ्नो फरक विचार र फरक कार्यक्रमहरु त्यही थलोमा छलफलमा ल्याउन सक्नु पथ्र्याे । किनकी पार्टीलाई एकताबद्ध गराएर लैजाने मुख्य थलो नै पार्टीको माहाधिबेशन हो । नेकपा भित्रका पटक पटकका बैठकहरुले समेत मिति नै तय गरिसकेको महाधिबेशनबाट भागेर अहिले एकताको प्रयास गर्नु भनेको चाँही आफैमा लाजमर्दो कुरा हो ।
नत्र एकता अभियान चलाउनु पूर्व आफ्नी श्रीमतिलाई ओली गुटको केन्द्रीय सदस्यबाट पहिला फिर्ता बोलाउ, अनि मात्र पार्टी एकताको अभियान चलाउ भनेर सार्वजनिक रुपमै भन्न पनि थालिसकेका छन् । श्रीमति र छोरोलाई ओली गुटमै पठाएर आफु प्रचण्ड–माधव समूहमा देखिनु या ओली बिरोधी अभियानमा सहभागी हुनु गौतमकै लागि पनि पाच्य नहुनु पर्ने बिषय हो ।
हुन त बामदेव नेपाली राजनीतिका चतुर खेलाडी नै हुन । अहिले पनि ओली ईतर पक्षका केन्द्रीय सदस्यहरु र ओली सरकारमा संलग्न भएका मन्त्रीहरुले राजीनामा दिएर पार्टीमा आफ्नो–आफ्नो कित्ता क्लियर गरिसकेको अवस्थामा बामदेव भने दुई जाँतोको मानी बन्न खोज्दैछन् । दुई जाँतोको पिसाईबाट उम्किएका ठेटनाहरु फेरि पनि घानमा पर्न आउलान कि ? भन्ने आशामा र आफु फेरि गज्जबकै एकताको शुत्रधार बन्छु भन्ने दिवासपना साँचेको भए गौतमले बरु श्रीमतिजी कै लाईनमा खुरुक्क लागेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्दा बेश हुन्छ ।
हिजो माधव–प्रचण्डलाई ओलीसँग लडाएर पार्टी फुटाउने अनि अहिले फेरि फुटिसकेको घैटों जोडन खोज्ने बेतुकको गफ अरु केही होईन मात्र ओली गुटमा श्रीमति टिकाई राख्ने अभियानका रुपमा पनि कसैकसैले भन्ने गरेका छन् । नत्र एकता अभियान चलाउनु पूर्व आफ्नी श्रीमतिलाई ओली गुटको केन्द्रीय सदस्यबाट पहिला फिर्ता बोलाउ, अनि मात्र पार्टी एकताको अभियान चलाउ भनेर सार्वजनिक रुपमै भन्न पनि थालिसकेका छन् । श्रीमति र छोरोलाई ओली गुटमै पठाएर आफु प्रचण्ड–माधव समूहमा देखिनु या ओली बिरोधी अभियानमा सहभागी हुनु गौतमकै लागि पनि पाच्य नहुनु पर्ने बिषय हो ।
के नेकपा विभाजन हुँदै अहिलेको अवस्थासम्म आईपुग्नुमा गौतमको कुनै हात, संलग्नता र भित्री षडयन्त्र छैन त ? पक्कै पनि नेकपाको पार्टी बिभाजन र छँदाखाँदाको बहुमतको सरकार गिराएर यो स्थिति आउनुमा बामदेव गौतमको पनि ठूलो हात र गहन जिम्मेबारी लुकेको हुनुपर्छ ।सिंगो पार्टी फुटाएर चोईटा बटुल्ने अभियानले कहाँसम्मको सार्थकता पाउला ? चोईटिएको टुक्रा सिंगो बस्तुभन्दा बढी खतरानक हुन्छ भन्ने कुरा बुझेर पनि फेरि पहिलाकै अवस्था झैं खुट्टा तानातान र आपसी बैरभाव कायमै रहने गरी एकता अभियान चलाउन खोजिएको हो भने सुपर ग्लूले राम्ररी काम गर्ला जस्तो चैं लाग्दैन । आफु सधैं पावरमा रहिरहन चाहने बामदेवलाई पहिला फुटेर गएको याद पनि अलिअलि ताजै हुनुपर्छ ।
सिंगो पार्टीमा उपाध्यक्ष पद कुम्ल्याउन पाएका गौतमलाई अब फुटेर गएका पार्टीमा चौथो स्थान पाउन पनि हम्मेहम्मे देखिन्छ । यही वहानामा उनको नेकपा एकता राष्ट्रिय अभियान आएको हुनुपर्छ । यसले बामदेवलाई नेकपा भित्रको तेश्रो शक्तिको रुपमा स्थापित गर्दै ओली या दाहाल–नेपाल समूहमा पदको बार्गेनिङ्ग गर्न मद्धत पुर्याउँछ भन्ने उनको भित्री चाहना हुनुपर्छ ।
पार्टीको बिधानले समेत नचिनेको उपाध्यक्ष पद सुईक्याँउन र चुनाव हारेर पनि सांसद पद पडकाउनका लागि मात्रै पार्टीमा उपस्थिति देखाउने, पार्टीलाई अप्ठ्यारो पर्दा टाउको लुकाउने, मुलुकभरिका किसानहरुको आस्थाको केन्द्र अखिल नेपाल किसान महासंघलाई तमाम किसानहरुका साझा सवालमा चूँसम्म नबोली निकम्मा बनाउनेदेखि आफु जन्मेको, हुर्के बढेको पूर्व नेकपा एमाले र एमाले समर्थक नेताहरुलाई थाङ्गनामा सुताउन प्रचण्ड–माधव समूहमा बसेर यिनले गरेका कुकृत्यको बिश्लेषण के नेकपा भित्र हुदैन होला र ?
तर, गौतमको बर्तमानकै दोधारे राजनीति कायमै रहने हो भने भविष्यमा दुबै तर्फबाट विश्वास गर्न अयोग्य नेतामा परिणत हुन बेर छैन । गौतमको बिगत र वर्तमान राम्रोसँग अध्ययन गरेका ओली अनि पटक–पटक फकाउँदा पनि बिश्वास गर्न नसकिएका भनेर आरोप लगाउने दाहाल नेपाल समूहको बुझाईले साच्चै सार्थकता पायो भने गौतम नेकपा भित्रका एक्ला अभागी नेताका रुपमा परिणत हुनेछन् ।
हुन त अझै पनि नेकपा भित्र २ बर्षको बाँकी कार्यकाललाई मज्जाले उपयोग गरौं र मिलेर खाऔं भन्नेहरुको जमात ठूलै छ । जसलाई प्रधानमन्त्री ओलीले खाने मुहानै थुनिदिएपछिको रुवाबासी र कन्तबिजोकको रुञ्चेहाँसोको रुपमा बामदेवको यो अस्त्र प्रयोगमा ल्याईएको बुझिएको छ अथवा भोली फ्याट्ट सर्बोच्चले निर्वाचनका पक्षमा फैसला सुनाई दियो भने म त सधैं पार्टी एकताको पक्षधर हुँ, छु र रहिरहनेछु भन्दै निर्वाचनमा गौतमको भोट बटुल्ने मजेत्रो बाहेक अरु केही पनि होईन भन्ने कुरा चाँहि अहिले पनि उनका गतिबिधिहरुबाट ऐना जस्तै छर्लङ्ग देखिदैन र ?
खाली देश लुटन कै लागि मात्र पार्टी एकताको कुरा गर्ने हो भने पार्टी एकता मात्र वर्तमान नेकपाको समस्याको समाधान र उपलब्धिहरुको पोको किमार्थ पनि होईन । यो त केवल सोझासिधा कार्यकर्ताहरु फकाउने र भोट बैंकको रुपमा उपयोग गर्ने संकिर्ण सोचाई मात्र हो । नत्र बहस, छलफल र पार्टीको लक्ष्य त मुलुककै बिपक्षमा रहेको एमसीसी पास नगरौं भन्ने बिषयमा पो हुनुपर्दथ्यो, पार्टी भित्रका ऐजेरुहरु फाल्ने कुरामा पो हुनुपर्दथ्यो, पार्टी बिभाजनको अन्तिम अवस्थामा पुग्न लाग्दा पार्टी जोगाउने अभिभारा बहन गर्नेतर्फ हुनु पर्दथ्यो ।
तर, पार्टीको बिधानले समेत नचिनेको उपाध्यक्ष पद सुईक्याँउन र चुनाव हारेर पनि सांसद पद पडकाउनका लागि मात्रै पार्टीमा उपस्थिति देखाउने, पार्टीलाई अप्ठ्यारो पर्दा टाउको लुकाउने, मुलुकभरिका किसानहरुको आस्थाको केन्द्र अखिल नेपाल किसान महासंघलाई तमाम किसानहरुका साझा सवालमा चूँसम्म नबोली निकम्मा बनाउनेदेखि आफु जन्मेको, हुर्के बढेको पूर्व नेकपा एमाले र एमाले समर्थक नेताहरुलाई थाङ्गनामा सुताउन प्रचण्ड–माधव समूहमा बसेर यिनले गरेका कुकृत्यको बिश्लेषण के नेकपा भित्र हुदैन होला र ? त्यही भएर त लाग्छ, नेकपा भित्रको बामदेव प्रबृत्तिलाई नेकपाका दुबै खेमाले राम्ररी महशुस गरेको हुनुपर्दछ ।
नेपालमा क्रियाशिल प्रजातान्त्रिक पार्टीहरुले समेत अहिलेसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाउन नसकेको संगीन आरोपहरु र लिखित प्रश्नावलीहरुलाई नाङ्गो समर्थन गर्ने र पार्टीको सचिवालय बैठकमा छलफलको एजेण्डा बनाउनु पर्छ र बहुमतबाट पारित गराउनु पर्छ भनेर ईंजार कसेर लागेका गौतम, पुस्तक छापेरै पार्टीका तल्लोतह सम्म वितरणमा सकृय भएर लागेका गौतमबाट बर्तमानको नेकपा एकता राष्ट्रिय अभियानले कस्तो परिणाम निकाल्ने हो ? त्यो भने हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार