आजदेखि उपत्यकाका धेरैजसो विद्यालय खुल्दै
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १४:२३:७
४ माघ, काठमाडौं । आइतबार आजदेखि काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयमा खुल्ने भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ ।
ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमती दिइसकेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए ।
काठमाडाैं जिल्लामा धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाडाैं महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आज छलफल गर्दैछ । काठमाडाैं पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।
सरकारले चालु शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसँगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको हो । सरकारले विद्यालय खुलाउने जिम्मा पालिकालाई दिएको छ । विद्यालय खोल्ने अन्तिम तयारी गरिएको भए पनि जनस्वास्थ्यविद्हरुले भने जोखिम नघटेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।
जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले सङ्क्रमण पूर्ण रूपमा हट्न नसकेकोले शिक्षक बिद्यार्थीले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै कक्षा सञ्चालन गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार