तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १७:५८:४३
४ माघ, चितवन । दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष ४० हजार कफीका बिरुवा रोपिसकेको र यय वर्ष थप दुई हजार रोपनीमा बिरुवा लगाइने योजना रहेको वडा नं ७ का वडाध्यक्ष रेशमराज रिमालले बताए ।
यस वर्ष तीन वटा नर्सरीमा उत्पादन गरिएका करीब दुई लाख बिरुवा रोपिने योजना रहेको उनले जानकारी दिए । वाग्मती प्रदेश सरकारको कफी विस्तार कार्यक्रम र दोलखा कफी उद्योगको लगानीमा कफीखेती विस्तार गर्न लागिएको हो । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको र दोलखा कफी उद्योगले थप रु ११ लाख जम्मा गरी कफीखेती शुरु गरिएको अध्यक्ष रिमालले बताए ।
यस वर्ष पनि कार्यक्रम विस्तारका लागि प्रदेश सरकारले रु २५ लाख र कफी उद्योगले रु २५ लाख रकम विनियोजन गरी काम अगाडी बढाइएको छ । वडा नं ७ ले पनि कफीखेती विस्तारका लागि भन्दै रु दुई लाख रकम विनियोजन गरेको छ । विनियोजन गरिएको सो रकम कफीखेतीका लागि जमीनको पहिचान गरी पूर्वधार विकास तथा सिँचाइ योजनाका लागि खर्च गरिने छ ।
उक्त गाउँपालिका तीन वडामा कफी उत्पादनको राम्रो सम्भावना रहेका कारण गत वर्ष वडा नं ८ को बसेरी, ७ को बेतानी, रिमालगाँउ, मार्वूटार र वडा नं १ को गैरिमुदी क्षेत्रमा ४० हजार कफीका बिरुवा रोपिएका थिए । यस थप विस्तार गर्नका लागि वडा नं ७ मार्वुटार नर्सरीमा एक लाख कफीका बिरुवा उत्पादन भइरहेका छन् । वडा नं ७ कै बेतानेमा ४० हजार, वडा नं ८ को बसेरीमा तीन रोपनी जमीनमा ४० हजार र वडा नं ६ मा २० हजार कफीका विरुवा उत्पादन गरिएको छ ।
गाउँपालिकाको कृषि प्राविधिकको प्रत्यक्ष निगरानी रहने गरी ८०० मिटर देखि एक हजार ६०० मिटरसम्मको उचाइमा कफीखेती विस्तार गरिएको छ । गाउँपालिकाले कफीको उत्पादनका हिसाबले राम्रो मानिएका ती क्षेत्रमा जैविक कफी उत्पादन गर्ने र पछि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन र प्रशोधनका लागि उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको वडाध्यक्ष रिमालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार