अदालतमा मुद्धा विचराधीन सरकारलाई भने चुनावकै हतारो
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १८:०:४२
४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनीधिसभा विघठन गरेपछि संसद पुर्नस्थापनासम्बन्धी मुद्धा अदालतमा विचराधीन भएपनि गृह र अर्थमन्त्रालय तथा सुरक्षा अंगहरु भने निर्वाचनको तयारीमा जुटेका छन् । प्रधानमन्त्री ओलीले सरोकारवाला सरकारी निकायलाई निर्वाचनको तयारी जुट्न निर्दैशन दिए लगत्तै गृह अर्थ मन्त्रालयले मातहत निकायलाई निर्वाचनको तयारी लागि जुट्न आवश्यक निर्देशन दिएका छन् । निर्वाचन आयोग पनि निर्वाचनका लागि तयारीमा जुटेको छ ।
नेकपा दाहाल नेपाल समूहले अदालतको फैसला नआउदा सम्म निर्वाचनको तयारी नगर्न गरेको आग्रहलाई आयोगले मानेको छैन । निर्वाचनका लागि मतदाता नामवली अद्यावधिक गर्ने काम गरिरहेको छ । त्यसैगरी गृह र अर्थ मन्त्रालयले पनि आवश्यक तयारी शुरु गरेका छन् । गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन तयारीका लागि गृहमन्त्रालयमा संयुक्त बैठक राखेर बजेट अभाव हुन नदिने भन्दै सुरक्षा निकायलाई त्यसको लागि तयारी गर्न निर्दैशन दिएका हुन् ।
अर्थमन्त्रीले सुरक्षा निकायका अधिकारीहरुसँग आवश्यक पर्ने बजेटको खाका समेत माग गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग चुनावी बजेटबारे छलफल समेत भएको छ । गृहमन्त्रालयमा सो विषयमा गृहमन्त्री थापाले अर्थमन्त्री पौडेल र सुरक्षा निकायका अधिकारीहरुसँग निर्वाचन सुरक्षा र आवश्यक पर्ने बजेटबारे छलफल गरेका थिए । त्यसक्रममा अर्थमन्त्री पौडेलले आवश्यक पर्ने बजेट निकासा गर्ने प्रतिबद्धता जनाएका थिए ।
गत हप्ता नै गृह मन्त्रालयले निर्वाचनको माहोल बनिसकेको जनाउदै सुरक्षा निकायलाई तयारी थाल्न निर्दैशन दिएको थियो । सरकारले निर्वाचन आगामी बैशाख १७ र २७ गते तोकेको छ । तर प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । सोमबारको बैठकमा अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीका लागि बजेटको अभाव हुन नदिने बताएका थिए । बैठकमा अर्थमन्त्री विष्णु पौडेले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्यतिलाई ध्यान दिई निर्वाचन केन्द्रीत बजेट प्रस्ताव गरी गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा पठाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा निर्वाचन सुरक्षा र तयारी सम्बन्धी दैनिक बैठकहरु हुन थालेका छन् । गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुसँग छलफल गरिरहेको छ । नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग निर्वाचन सुरक्षाबारे छलफल गरेको मन्त्रालयले निरन्तर अर्थमन्त्रीसहित सुरक्षा अधिकारीहरुको बैठक राखेको थियो ।
त्यसैगरी मंगलबार सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई राखेर निर्वाचन सुरक्षा योजना बनाउन र तयारी थाल्न निर्दैशन दिएको छ । ‘स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमि हुन दिइनेछैन ,’ गृहमन्त्री थापाले सशस्त्र प्रहरीका अधिकारीहरुलाई भनेका थिए । उनले सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षा योजना बनाएर मन्त्रालयमा पेश गर्न समेत निर्दैशन दिएका थिए ।
गृहमा सहसचिव संयोजक
गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव चक्रबहादुर बूढाको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना तयार गरिरहेको छ । मन्त्रालयका अनुसार सो समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् । मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमलाल लामिछानेलाई सदस्य सचिव तोकेको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारी थालेको छ । मन्त्रालयले तयार पारेको सुरक्षा योजना केन्द्रीय सुरक्षा समितिमा पेश भएपछि मात्रै कार्यान्वयनमा आउनेछ ।
विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्याङ्कन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्बद्ध निकायसँग छलफल गर्ने भएको छ । सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समन्वय गर्न थालेका छन् । मन्त्रालयले यसक्रममा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई जिल्ला नछाड्न निर्दैशन दिएको छ ।
प्रहरीमा एआइजी संयोजक
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका प्रमुख एवं एआइजी विश्वराज पोखरेलको संयोजकत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको छ । कार्यालयले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको हो ।
सो टोलीले सम्पूर्ण सुरक्षा चुनौतीलगायतका विषयमा प्रतिवेदन तयार गर्नेछ । टोलीमा एआईजी पोखरेलसहित प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ, १२ जना र अन्य एसएसपी, एसपी र डीएसपी रहेका छन् ।
उनीहरुले विगतका निर्वाचनमा प्रहरीले बनाएको सुरक्षा योजना कार्यान्वयन गर्दा भएका कमीकमजोरीलाई सुधार गर्दै अब हुने निर्वाचनका लागि कार्ययोजना तयार पार्ने भएका छन् । प्रहरीका अनुसार एआइजीको संयोजकत्वमा बनेको समिति नै केन्द्रीय कमाण्ड हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
मंसिर २, २०८१ आइतबार
पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार