संविधानसभाको अडियो रेकर्ड मगाउन माग
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १८:३१:५२
३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई दिन नहुने भन्दै तत्कालिन संविधानसभामा भएको छलफलको अडियो रेकर्ड मगाउन कानून व्यवसायीले माग गरेका छन् । प्रतिनिधिसभा विघटनको संवैधानिक हैसियतबारे निक्र्यौल गर्न सर्वाेच्च अदालतमा जारी सुनुुवाईका क्रममा आज प्रारम्भमै निवेदकका तर्फबाट यस्तो माग गरिएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज वहस गर्दै भने – संविधानमा यो अधिकार प्रधानमन्त्रीलाई दिनहुने वा नहुने भन्ने विषयमा सभासद्हरुबीच लामो छलफल र सम्बाद भएकोले त्यसको अडियो रेकर्ड मगाएर सम्मानित सर्वाेच्च अदालतले सुन्नुपर्छ । त्यसैबाट धेरै कुरा प्रष्ट हुने र सर्वाेच्चलाई फैसला गर्न समेत यसले सहज बनाउने छ । त्रिपाठीको तर्क सुनेका प्रधानन्याधीश चोलेन्द्रसम्शेर राणाले यो विषयलाई सर्वाेच्चले नोटमा लिइसकेकाले आवश्यक व्यवस्था मिलाएको भन्दै आश्वस्त पारे ।
हाम्रो नोटमा छ, आवश्यक परे रेकर्ड पनि मगाउँला – राणाले भनेका थिए । २०४७ सालको संविधानमाप्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको सिफारिश गर्ने अधिकार दिएकाले राजनितिक अस्थिरतानिम्तिएको र देशले ठूलो नोक्शानीब्यहोर्नु परेका भन्दै सभासद्हरुले नयाँ संविधानमा यस्तो व्यवस्थागर्न नहुने तर्क गरेका थिए । सोही बमोजिम प्रधानमन्त्रीलाई यस्तो अधिकार नदिन सहमति जुटेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूह बीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार