जनप्रतिनिधि जाडोबाट जोगाउन सक्रिय
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार २१:१४:५३
४ माघ, लहान । सिरहा नगरपालिका–६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न नगरप्रमुख सिरक र कम्बल बोकेर पुग्दा केहीबेर गाउँले अचम्ममा परेका थिए ।केही छिनपछि नगरप्रमुख अशेश्वर यादवले उनको परिवारजनलाई सिरक प्रदान गर्दै दिँदै नागरिकलाई जाडोबाट जोगाउन नगरपालिका प्रतिवद्ध रहेको बताए ।
चिसोबाट जोगिन न्यानो लुगा लगाउनु, झोलिलो खानेकुरा खानु, आगो बालेर घुर ताप्दा सतर्कता आउनु जस्ता चेतनामूलक पम्पलेट लिएरै सिरक वितरण गर्न सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख पुगेर पछि स्थानीय दङ्ग परेका थिए । सो अवसरमा प्रदेश कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठको हातबाट सिरक पाएपछि वडा नं ४ का ६५ वर्षीय पुदन सदाको खुशीको सीमा नै रहेन । उनी मञ्चमै भावविह्ल भएको थियो । सुखीपुरले वडा नं ४ का दलित, विपन्न तथा ज्येष्ठ नागरिक गरी २०० जनालाई सिरक वितरण गरेको छ ।
विगत केही दिनदेखिको अत्यधिक चिसो र शीतलहरबाट प्रभावित आफ्ना नागरिकको ज्यान जोगाउनु आफूहरुको कर्तव्य हो भने बुझेर न्यानो लुगा वितरणसँगै जनचेतना जगाउन थालिएको नगरप्रमुख रामअवतार यादवले बताए ।
यस्तै सिरहा नगरपालिकाले पनि वडा नं ६ बसबिट्टाका २५० परिवारलाई कम्बल वितरण गरेको र अरु वडामा पनि सिरक र कम्बल वितरण गरिने योजना रहेको जनाएको छ । सिरहा र सुखीपुर नगरपालिकाले मात्र होइन, यतिबेला सिरहाका अधिकांश जनप्रतिनिधि आफ्ना नागरिकलाई चिसोबाट जोगाउन सिरक, कम्बल र न्यानो लुगा वितरण गर्दै जनचेतना जगाउन सक्रिय बन्नुभएका छन् ।
शीतलहर र चिसो जस्तो विपद्बाट आफ्ना नागरिकलाई जोगाउन जिल्लाभरीका जनप्रतिनिधि सक्रिय भएपछि जनप्रतिनिधिप्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोना महामारीको सन्त्रासका बेला आफ्ना नागरिकलाई भरोसा दिलाउन सफल भएका जनप्रतिनिधि जनताको दैलोमा पुग्न थालेपछि नागरिकमा थोरै भए पनि आत्मविश्वास बढ्न थालेको छ, सिरहा– ६ का शम्भु सदाले भने, “यसबाट जनतामा रहेको भ्रम केही हदसम्म भए पनि हटेको छ र यसबाट प्रतिनिधिप्रतिको भरोसा बढ्न थालेको छ ।”
जनताका लागि केही गर्दैन, केबल जनप्रतिनिधि कमाउनमै व्यस्त रहेको आरोप जनप्रतिनिधिमाथि लागिरहेका बेला आइपुग्न लागेको कोरानो महाविपद् र अहिलेको शीतलहरको घडीमा जनप्रतिनिधि आफैँ जनताको घरदैलोमा न्यानो लुगा बोकेर पुग्न थालेपछि त्यो भ्रमसमेत हट्ने उनको विश्वास छ ।
जिल्लामा १७ वटा स्थानीय तह छन् । ती स्थानीय तहका जनप्रतिनिधिमध्ये अधिकांश यति बेला कि त गाउँगाउँमा चिसोबाट प्रभावित आफ्ना नागरिकलाई कसरी जोगाउनेसम्बन्धी जनचेतना जगाउनमा मस्त छन् कि त सिरक र कम्बल वितरण गर्न सक्रिय बनेका छन् । यसका साथै स्थानीय तहको सक्रियतामा बजार तथा भिडभाड हुने स्थानमा आगो बाल्न दाउरासमेत उपलब्ध गराउन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार