शेयरबजारमा पुनः नयाँ रेकर्ड, कारोबार कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार २१:२३:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse_bull_SUaULUo7vg.jpg)
४ माघ, काठमाडौं । पछिल्लो समय शेयरबजारले दिनहुँ नयाँ रेकर्ड राख्दै आइरहेको छ । आज (आइतबार) कारोबारको सुरुमा नै उकालो यात्रामा रहेको शेयरबजार उतारचढावको बीच बढेर नयाँ रेकर्ड राखेको छ ।
कारोबारको सुरुमा २३१६.८१ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा २३१५ को बिन्दुमा पुगेर रोकिएको छ । आज नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ अंकमा पुगेको हो । नेप्से १.२४ प्रतिशले बढेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक पनि ८.१७ अंकले बढेर ४४३.४२ अंकमा पुगेको छ । कुल २ सय ८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको शेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र शेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल टेलिकमले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
आज सर्वाधिक कमाउने १० कम्पनीहरुः
आज सर्वाधिक गुमाउने १० कम्पनीहरुः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार