इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा लगानीकर्ताको आकर्षणः माग भन्दा बढी बिक्यो, कतिले दिए आवेदन ?
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार २२:५१:१८
४ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा पनि लगानीकर्ताको आकर्षण रहेको देखिएकाे छ ।
आइतबारसम्म बैंकको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार आइतबारसम्म ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन परेको छ । कुल ८ लाख २ हजार ७०८ जना लगानीकर्ताले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
कम्पनीले शुक्रबार (माघ २ गते) देखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आईपीओ खुला गरेको हो । यस आधारमा, सर्वसाधारणले मागभन्दा १.३१ गुणा बढी आवेदन दिएका हुन् ।
कम्पनीले कुल ८ करोड कित्ता शेयरमध्ये ०.२०५ अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५५ ले हुने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणमा जारी गरेको हो ।
यस आईपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसआधारमा आईपीओ भर्ने म्याद अझै दुई कार्यदिन बाँकी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार