आर्थिकरुपमा विपन्न परिवारलाई सेनाद्वारा कम्बल वितरण
नेपालबहस संवाददाता
माघ ४, २०७७ सोमबार ३:५०:४३
४ माघ, काठमाडाैं । नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाअन्तर्गत श्री चन्दननाथ गणको टोलीले आर्थिकरुपमा विपन्न मुसहर, पासवान, माझी समुदायका परिवारलाई राहतस्वरुप १५० वटा कम्बल वितरण गरेको हो ।
स्थानीय सर्वसाधारण र बालबालिका प्राथमिक विद्यालयका विद्यार्थीले प्रयोग गर्ने गरी कम्बल वितरण गरिएको सेनाले जनाएको छ । राहत वितरण कार्यक्रममा श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्का, श्री चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेलगायत स्थानीय निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा श्री चन्दननाथ गणले कम्मलको व्यवस्थापन, जाडोमा उपस्थित स्थानीयलाई चिया बिस्कुटको व्यवस्थासमेत गरेको थियो । कार्यक्रममा बाहिनीपति खड्काले चिसोको कारण असहज जीवनयापन गरिरहेका विपन्न समुदायलाई राहत वितरण गरी सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताउनुभएको छ ।
कम्बल पाएपश्चात स्थानीय विपन्न समुदायका मुसहर, पासवान, माझी समुदायका परिवारले खुशी हुँदै सेनालाई धन्यवाद दिएका थिए । कोरोना महामारीको विद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत वितरण गरेकामा निकै खुशी लागेको उनीहरुको प्रतिक्रिया थियो ।
चन्दननाथ गणले गत हप्ता पनि करैयामाई गाउँपालिकाको उमजनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट ४५० स्थानीयले स्वास्थ्य सुविधा लिएका थिए । सेनाले विपद्जन्य परिस्थितिमा उद्धार एवं राहत वितरण जस्ता परोपकारी कार्यलगायत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार