तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १२:१०:३६
वि.सं. २०७७ साल माघ ०५ गते । सोमबार इ.स.२०२१ जनवरी १८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– पंचमी,१० बजेर २० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाभाद्रपदा,०९ बजेर १२ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग– परिध,२० बजेर ०८ मिनेट उप्रान्त शिब । करण–बालव,१० बजेर २० मिनेट उप्रान्त कौलव,२३ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर ३१ मिनेटमा । दिनमान २६ घडी २५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाडिनेछन् । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारीसाधन तथा अन्य भौतिक सम्पतीहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागितासहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने, आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ, भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापुर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्नेछ । पढाईलेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा हरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उपस्थित समाजमा छुट्टै पहिचान बनाउन सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- व्यक्तिगत समस्या बढ्ने छ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदीबहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछी परिने छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिने छ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिने छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिने छ, भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाईलेखाईमा राम्रो नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारीसाधनको खरिद बिक्रिबाट भनेजस्तो नाँफा कमाउन सकिने छ । मायाप्रेममा आजको दिन टाडै रहनु नै बेश हुनेछ नजिकिदा मनमुटाव हुनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- धनस्थानमा गोचर गर्ने चन्द्रमाले नया प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार