मादलको खरि टिम सम्मानित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १८:५७:०
![](https://nepalbahas.prixacdn.net/media/albums/Madal-Ko-Khari-1_dZkNalAyUH.jpg)
५ माघ, काठमाडौं । सामजिक बिसङ्गति बिरुद्धको आवाज टेलिफिल्म मादलको खरी टिमलाई भोजपुरमा सम्मान गरिएको छ । यतिबेला टेलिफिल्म मादलको खरी गाउँ सहरमा निकै रुचाइन थालिएको छ । रमाइलो टिभीबाट प्रसारण भइरहेको यस टेलिफिल्मले चर्चा परिचर्चा बटुल्दै गर्दा यस टिमलाई भोजपुरले सम्मान गरेको हो ।
भोजपुरको अरुण गाउँपालिका वडा नं. ७, सिक्रेटारमा आयोजित मादलको खरी विशेष सम्मान एवं साँस्कृतिक कार्यक्रममा लेखकरनिर्देशक किशोर अनुराग, छायाँकार आनन्द प्रभाकर घिमिरे, निर्माता सेलिब्रेसन स्टूडियोलाई सम्मानीत गरिएको हो ।
उक्त कार्यक्रममा कलाकार ईश्वर बल्लभ उप्रेती, रोजि कुवर, सुरत विष्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ज्ञानेन्द्र कोइराला, समीर राई, आशिष क्षेत्री, आईशा राई सहितका कलाकार र प्राविधिक टिमलाई अबिरजात्रा गरी सम्मानपत्र प्रदान गरिएको थियो ।
जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा मादलको खरी नाटकको विशेष मञ्चन गरिएको थियो । मादलको खरी टिमका कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत विष्टको क्यारिकेचर र सारङ्गि प्रस्तुति सहित स्थानीय कलाकारको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
हाल भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरी स्थानीय कलाकार र संस्कृतिलाई समेत विशेष महत्वका साथ उक्त टेलिफिल्ममा स्थान दिँदा भोजपुरको भौगोलिक र सांस्कृतिक गरिमा अभिबृद्धी हुनेमा विश्वस्त रहेको सिक्रेटारका वडा अध्यक्ष डिल्लीराम अधिकारिले बताए ।
भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई यो कार्यक्रमले सहयोग पुर्याउने गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले विश्वास व्यक्त गरिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार