पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थाले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार २१:४२:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/panighatta_fjlvFci2iS.jpg)
५ माघ, अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने गरेका छन् ।
पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे । अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका डडेल्धुरा नवदुर्गा, १ का लोकेन्द्र विकले जानकारी दिए ।
सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरालगायतका जिल्लाका विभिन्न ठाउँमा रहेका हजाराैँ सङ्ख्यमा रहेका पानीघट्ट प्रयोग बिहीन रहेका र उक्त घट्टलाई नयाँ प्रविधिका साथ सञ्चालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैरसरकारी संस्थाले जनाएको छ ।
हाल प्रयोगविहीन रहेका पानीघट्टलाई सुधार गरेर आधुनिक अनुसार पिसानी, तेल पेलानी र काठ चिरानीसमेत गर्न सक्ने उक्त संस्थाले जनाएको छ । पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको थियो । अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानीपिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्ने र हाल आधुनिक घट्ट सुधारबाट नै कुटानीपिसानी गर्ने गरेका छन् । मिलमा कुटानीपिसानी गरेबापत प्रति किलोको चारदेखि पाँच रुपैयाँसम्म रकम दिनुपर्ने पर्दछ ।
अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नुपरेको पानीघट्ट चलाउँदै आएकी गन्यापधुरा –५ का कमला ताम्राकारले बताए । घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको बताइएको छ । मिलमा भनेकै समयमा कुटानीपिसानी हुने भएकाले पानीघट्ट प्रयोग गर्नको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नु परेपछि पानीघट्ट लोप हुन लागेका ताम्राकारको भनाइ छ । सुदूरपश्चिम पहाडी जिल्ला डडेल्धुरामा करिब १०० पानीघट्ट रहेकामध्ये हाल एक दर्जन मात्र घट्ट सञ्चालन भइरहेका छन् ।
यस्तै बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सयौं घट्टहरु आधुनिकत्ता बढेपछि बन्द अवस्था रहेका छन् भने न्यूनअवस्थामा सञ्चालनमा रहेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका, ६ र ७ मा रहेका अधादर्जन घट्ट अहिले बन्द अवस्थामा रहेका अमरगढी नगरपालिका–७ का कमल साहुले बताए ।
घट्ट सञ्चालन गर्ने सञ्चालकलाई सुदूरपश्चिमको भाषामा ‘भग्या’ अर्थात पीठो पिसानीपछि पैसाको सट्टा केही भाग पीठो ‘माना पाथी’ माग्ने घट्ट सञ्चालको नाम भग्या भनेर पनि चिनिने नाम अझै छन् । तर घट्ट भने लोप हुने अवस्थामा पुगिसकेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार