अब बजारमा कुन कम्पनीले निष्कासन गर्दैछ आईपीओ ?
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार २३:३८:५७
५ माघ, काठमाडौं । यतिबेला बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री भइरहेको छ । बैंकको उक्त आईपीओ भर्ने भोलि मंगलबार अन्तिम दिन हो । त्यसकारण बजारमा अब कुन कम्पनीको आईपीओ आउँला भन्दै आम लगानीकर्तामा प्रतिक्षा गरिरहेका छन् ।
यो महिना भित्र सर्वसाधारणको लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितको लागि माघ ४ गतेबाट आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले यो महिना भित्रै सर्वसाधारणको लागि दोस्रो चरणमा आईपीओ निष्कासन गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।
यतिबेला कम्पनीले आयोजना प्रभावित दोलखाकाका स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुल्ला गरेको छ । हाइड्रोले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि साढे चौध करोडको शेयर जारी गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।
उक्त आइपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ। सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता शेयर बिक्रीगरेपछि आम सर्वसाधारणका लागि २९ करोड बराबरको २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ। आईपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०:३० हुनेछ ।
सिंगटी हाइड्रोपावरले दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार