आइतबारदेखि वृहस्पति ‘गुरु’ अस्त, काम्य कर्म गर्न नमिल्ने
नेपालबहस संवाददाता
माघ ५, २०७७ मंगलबार १:४९:५३
५ माघ, काठमाडौं । वृहस्पति ‘गुरु’ आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । माघ ४ गते आइतबार मध्याह्न ११.५८ बजे पश्चिममा अस्त भएका गुरु फागुन २ गते आइतबार पूर्वमा उदाउने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यसैगरी माघ ३० गते शुक्रबार बिहान ७.६ बजे शुक्र पनि पूर्व अस्त हुने उनले सुनाए । शुक्र यो वर्षभर नै उदय नहुने समितिले जनाएको छ । विसं २०७८ मा कहिले शुक्र उदय हुने भन्ने विषयमा पात्रो ‘पञ्चाङ्ग’ स्वीकृत नभएकाले अहिले भन्न नसकिने जनाइएको छ । वृहस्पति र शुक्र अस्त भएका बेला नित्य र नैमित्तिक कर्म मात्र गर्नु हुने तथा कुनै कामना लिएर गरिने कर्म गर्न नहुने शास्त्रीय मान्यता छ ।
यो वर्षका बाँकी तीन महिना नित्य रुपमा गरिने स्नान, पाञ्चायन पूजा, दिवङ्गत हुनेको नाममा गरिने काजक्रिया, बच्चा जन्मनेको जातकर्म मात्र गर्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । “वृहस्पति र शुक्र अस्त हुँदा गरिएका कर्मले ब्राह्मणलाई दक्षिणा त प्राप्त होला तर कर्ता ‘यजमान’लाई फल प्राप्त हुँदैन, वृहस्पति र शुक्र ग्रह बाल र वृद्ध हुँदा पनि काम्य कर्म अर्थात् कुनै कामनाले गरिने कर्म गर्नु हुँदैन”, धर्मशास्त्रविद् गौतमले भने ।
यी दुवै ग्रह अस्त हुनु तीन दिनअघिदेखि उदय भएको तीन दिनसम्म पनि कुनै कामना लिएर गरिने कर्म गरिँदैन । यी दुई ग्रह अस्त भएका बेला दान, महादान, गोदान, धान्य पर्वत दान, गृहारम्भ, गृह प्रवेश, लाख बत्ती बाल्ने, सप्ताह, नवाह, सत्यनारायण पूजा, रुद्रीपूजालगायत कर्म गर्नु हुँदैन । वृहस्पति र शुक्र अस्त भएकैले यस वर्ष माघ, फागुन र चैतमा विवाह एवं व्रतबन्धका लग्नसमेत छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
सयौं वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
जेठ १६, २०८१ बुधबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
संसदीय छानबिन समितिलाई ग्यालेक्सीमा १५ करोड बढी रकम गएको विवरण बुझाइँदै
जेठ १६, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ
जेठ १६, २०८१ बुधबार
भैरहवामा वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
जेठ १६, २०८१ बुधबार
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
जेठ १६, २०८१ बुधबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
गर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार