अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १४:४४:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/docter_qLth3nDzIX.jpg)
६ माघ, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो ।
वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा संयोजक पवन पोखरेलले जानकारी दिए । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्था गर्न गाउँपालिकाको तर्फबाट कार्यक्रम शुरु गरिएको स्वास्थ्य उनले बताए ।
स्वास्थ्य परामर्श प्रदान गर्न सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए । “ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएर अघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः सबै वडामा विस्तार गरिने छ”, उनले भने, “अभियानका क्रममा गाउँपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउन उनीहरुको तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको छ ।”
गाउँपालिकाले आफ्नो घरैमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका स्थानीय बासिन्दा यसअघिसम्म घण्टौँ पैदल हिँडेर चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका थिए ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दा स्वास्थ्य जाँच गराउनकै लागि छिमेकी जिल्ला उदयपुरको गाईघाट धाउनुपर्ने बाध्यता छ । राष्ट्रिय सडक सञ्जालको पहुँचसमेत नपुगेको उक्त गाउँपालिकामा पछिल्लो समय हिउँदको समयमा भने यातायात सञ्चालन हुन थालेको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि विशेष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवतीका लागि आइरन चक्की घरैमा उपलब्ध गराउनुका साथै यातायात भाडामा छुट दिँदै आएको छ ।
हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले गर्भवतीको निःशुल्क गर्भजाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । उक्त दुई स्थानीय तहले स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँच गर्ने सुविधा विस्तार गर्न वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार