महालक्ष्मी विकास बैंकले संस्थापक शेयर हिस्सा ५२.४९ प्रतिशतलाई घटाएर ५१ प्रतिशतमा झार्ने
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १८:२:२२
६ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक तर्फको शेयर हिस्सा ५१ प्रतिशतमा घटाउने भएको छ । बैंकले हाल कायम संस्थापक तर्फको ५२.४९ प्रतिशत हिस्सालाई ५१ प्रतिशतमा झार्न संस्थापकहरुको अनुमति मागेको हो ।
बैक सञ्चालक समितिको पुस १५ गते सम्पन्न सञ्चालक समितिको ४७० औं बैठकले बैंकको संस्थापकहरुको हिस्सा घटाएर सर्वसाधारणमा रुपान्तरण गर्न लागेको हो । जसका लागि बैंकले विद्यमान संस्थापक शेयरधनीलाई आफ्नो संस्थापक शेयर सर्वसाधारणतर्फ परिणत गर्न नचाहेको खण्डमा ३५ दिनभित्र लिखित रुपमा स्वःघोषणा गर्न अनुरोध गरेको छ ।
यस्तो घोषणा बैंकको केन्द्रीय कार्यालय दरवारमार्गमा बुझाउन सकिने बैंकले जनाएको छ । सर्वसाधारणतर्फ परिणत नगर्न लिखित रुपमा स्वघोषणा नगरे संस्थापक शेयर स्वतः सर्वसाधारणतर्फ परिणत हुनेछ । संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र लिखित रुपमा स्वः घोषणा नगरेमा कुनै उजुरी नलाग्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकले संस्थापक शेयर हिस्सा ५१ प्रतिशतसम्म झार्नसक्ने भएपछि बैंक सञ्चालक समितिको निर्णय अनुसार बैंकले संस्थापक हिस्सा घटाएर साधारण हिस्सा बढाउन लागेको हो। राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर पूँजी न्यूनतम ५१ प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
यसअघि माहालक्ष्मी विकास बैंकमा संस्थापक तर्फको ५२.४९ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशत हिस्सा कायम थियो । यस्तै बैंकले हालसम्म शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई ययथाशीघ्र शेयर अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार