बढ्न थाल्यो बैंक वित्तमा कर्जाको माग, पुषमा मात्रै १ खर्ब ४३ अर्ब ऋण प्रवाह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १८:२१:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/banking_0qqQKhOYMF.jpg)
६ माघ, काठमाडौं । कोभिडका कारण थला परेको मुलकको अर्थतन्त्र क्रमश चलायमान हुन थालेपछि बैंकहरुमा कर्जा माग आउन थालेको छ । गत पुस महिनमा मात्र बैंकहरुले एक खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेका छन् ।
यो पछिल्लो ६ महिनमा प्रवाह भएको कुल कर्जाको झण्डै ४३ प्रतिशत हो । चालु आवमा बैंकहरुले ३ खर्ब ३३ अर्ब कर्जा परिचालन गरेका छन् । यसमा माघ महिनाको दुई दिनको तथ्यांक समेत समावेश गरिएको छ ।
चालु आर्थिक वर्षको पुस महिनामा मात्रै वाणिज्य बैंकहरुमा ८८ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुले १४३ अर्ब कर्जा प्रवाह गरेका छन् । तर माघको पहिलो सातामा भने बैंकहरुबाट कर्जा तथा निक्षेप दुवै घटेको छ । माघ १ र २ गते दुई दिनमा बैंकहरुबाट ३ अर्ब कर्जा निक्षेप घटेको छ भने यसअवधिमा ८ अर्ब कर्जा घटेको छ ।
मंसिर महिना यता बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ भने बैंकहरुले समेत कर्जा विस्तारलाई जोड दिएका छन । नेपाल बैंकर्स संघका अनुसार पुस २९ गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअवधिमा बैंकहरुले ३२ खर्ब ४४ अर्ब कर्जा विस्तार गरेका छन् । माघ २ गतेसम्म भने बैंकहरुमा ३७ खर्ब ७९ अर्ब निक्षेप रहेकोमा यसअवधिमा ३२ खर्ब ३६ अर्ब कर्जा परिचालन भएको छ ।
चालु आर्थिक वर्ष बैंकहरुमा २ खर्ब ९२ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले ३ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेका छन । गत असारको अन्तसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका थिए ।
यतिबेला बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता र सस्तो ब्याजदर कारण पनि बैंकहरुमा कर्जाको माग बढेको देखिन्छ। साथै राष्ट्र बैंकले कोभिड प्रभावितका लागि ल्याएका सहुलियत कार्यक्रमहरुले पनि बैंकहरुको कर्जा बढेको हो । केहिदिन अघि मात्र अर्थमन्त्रालयले सहुलियतको कर्जा पहुँच विस्तार गर्न सरोकारवालाहरुलाई निर्देशन समेत दिएको थियो ।
पछिल्लो समय अर्थतन्त्र चलायमान बन्दै गएको छ । जनजीवन तथा व्यापार व्यवसाय पहिलेकै अवस्थामा फर्कर्ने चरणमा रहेकाले आर्थिक गतिविधि समेत बढेपछि बैंकहरुले कर्जा विस्तार गर्न थालेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
चैत २०, २०७९ सोमबार
मिटरब्याजी पिडीत: एक टोली गयो, अर्को आयो
चैत २०, २०७९ सोमबार
प्रधानमन्त्रीले मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्छः शर्मा
चैत १६, २०७९ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
त्रिविको वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
फागुन ६, २०८१ मंगलबार
नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
फागुन १० गतेदेखि आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा
फागुन ६, २०८१ मंगलबार
बाह्रबिसे बजारका अग्निपीडितलाई आर्थिक सहयोग
फागुन ६, २०८१ मंगलबार
राष्ट्रियसभा बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
तोलामा सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फागुन ६, २०८१ मंगलबार