कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १८:३०:३३
६ माघ, राजविराज । सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ । लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन । करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन नसकेको गुनासोसमेत पाइएको छ । आर्थिक वर्ष २०७१/७२ देखि पुलको काम शुरु गरेर आव २०७३/७४ मा बनाई सक्नुपर्नेमा आव २०७६/७७ सम्म पनि काम पूरा हुन नसकेको स्थानीयवासी विजय महत्मान यादवले जानकारी दिए।
तीन वर्षमा सुन्दरीखोलामा बन्नुपर्ने सो पुल ७ वर्ष बित्दा पनि बन्न नसकेका कारण बर्सात र बाढी आएको बेला सो नदी तर्न समस्या हुने गरेको यादवले गुनासो गरे । पुल निर्माणको समयमा नसकेका कारणले बाढीपहिरो आउने बेलामा पनि ओहोरदोहोर गर्न कठिनाइसमेत हुने गरेको स्थानीयवासीको आरोप रहेको छ । पुल निर्माण नहुँदा तिरहुत गाउँपालिकाको पिपराही, गोइठी मैनाकडेरी र धनपुरी गाउँका करीब दुई हजारका हाराहारीमा स्थानीय जनता कञ्चनपुर बजार आउन जान समस्या खोगिरहेको स्थानीयवासी मुकेश यादवको भनाइ छ ।
सडक डिभिजन लहान कार्यालाय सिरहामार्फत ठेक्का पाएका नीलगिरि कन्स्ट्रक्शनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर सात वर्षमा पनि पुल निर्माण गर्न सकेका छैनन् । निर्माण नसकेका कारण बाढीको समयमा स्थानीय जनताले दुःख पाउनाका साथै बजारबाट खाद्यान्न सामग्री पनि ल्याउन समस्या हुने गरेको यादवको गुनासो छ । पुल निर्माणका काम तीन वर्षमा सम्पन्न गनुपर्ने पक्की पुल नबनेपछि वर्षा र बाढी आएको बेला आवतजावतमा समेत समस्या हुने गरेको छ । बर्खायाममा हजारौँ जनतालाई मर्का पर्नाका साथै कुनै सवारी साधनसमेत वारपार गर्न अहिले पनि नदीमा बालुवा रहेका कारण समस्या हुने गरेको स्थानीयको भनाइ छ ।
बरमझिया र कञ्चनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिकातर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर ७ वर्षमा समेत बन्न नसकेको स्थानीयको गुनासो छ । बिरामी परेको बेला खोलापार गर्न मान्छेलाई साह्रै कठिनाइ हुने गरेको बताउँदै यस विषयमा पटकपटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि केही सुनुवाइ हुन नसकेको स्थानीय नरेन्द्र यादवले गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार