हिमालय एयरलाइन्सको एच९–९६१ विमान परीक्षण उडानका लागि हिड्यो ल्हासा
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २१:२८:१४
६ माघ, काठमाडौं । हिमालय एयरलाइन्सको विमान परीक्षण उडानका लागि ल्हासा प्रस्थान गरेको छ। एच९–९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ल्हासा पुगेको हो।
उक्त विमान त्यहाँको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय बिहान १०ः४६ बजे अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ। परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने व्यवसायिक योजना अनुरुप नै भएको कम्पनीले जनाएको छ।
ल्हासाबाट पुनः फिर्ती उडान गरी विमान नेपाली समय २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने तयारी छ। क्याप्टेन हाओ दीलेको नेतृत्वमा अरु वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडान भइरहेको कम्पनीले जनाएको छ।
चालक दलले ल्हासास्थित विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने बताइएको छ। परीक्षण उडानका लागि एयरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाईका लागि उडान भर्न एच९–एजेके नाममा दर्ता भएको न्यारोबडी हवाई जहाज ए३१९-११५ प्रयोगमा ल्याएको थियो।
१२० इकोनोमी र ०८ बिजनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्ट उच्च उचाइको उडान भर्नको लागि परिमार्जित गरेको कम्पनीले जनाएको छ। विमानले अधिकतम १४ हजार ५०० फिटसम्मको एरोड्रम उचाइको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार