तीन वाणिज्य बैंकसहित पाँच कम्पनीले पाए ऋणपत्र निष्कासनको अनुमति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २१:४८:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/debenture-1_jzRM1MHpST.jpg)
६ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वाणिज्य बैंकसहित ५ कम्पनीलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले ३ वाणिज्य बैंक, एक विकास बैंक र फाइनान्स कम्पनीलाई ऋणपत्र निष्कासन गर्न अनमुति दिएको हो ।
मञ्जुश्री फाइनान्स कम्पनीले ऋणपत्र निष्कासन गर्नको लागि बोर्डबाट पुष २६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले ८ वर्ष सम्मका लागि वार्षिक ९ दशमलव ५ प्रतिशत ब्याजदरमा ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये २ लाख कित्ता सर्वसाधारणको लागि र ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी प्राइम कमर्सियल बैंकले ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी ८ वर्ष सम्मका ऋणपत्र निष्कासन गर्न बोर्डबाट पुस २६ गते अनुमति पाएको हो ।अनमति पाएसँगै उक्त कम्पनीले ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गरिने छ । विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
कामना सेवा विकास बैंकले पनि १० वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ऋणपत्र निष्कासन गर्न माघ २ गते अनुमति पाएको हो ।
१० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मका लागि ६० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले माघ ४ गते ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो ।
कम्पनीले ६० लाख कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र ३६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी एनसीसी बैंकले ९ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्ष सम्मका लागि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ऋणपत्र निष्कासन गर्नका लागि माघ ५ गते अनुमति पाएको हो ।
कम्पनीले ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभीएफमा विशेष छुट
माघ ३०, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजका सेवाहरुमा विशेष छुट
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार