बजारमा करेक्सन हुँदा आजको बजारलाई विश्लेषण गरेर गर्दा ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
माघ ६, २०७७ मंगलबार २२:२२:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph_1_19_2021_GaAB79GMqB.jpg)
माघ ६, काठमाडाैं । बजारमा आज करेक्सन देखिएको छ । नेप्से परिसूचक ५ दशमलव ५७ अंकले घट्दै २३२६ दशमलव ९० को विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचक शुन्य दशमलव २४ प्रतिशतले घटेकोमा ७ अर्ब ४६ करोडको शेयर कारोवार भएको छ । दोश्रो बजार २३६१ को विन्दुमा खुलेकोमा २३६२ को उच्च विन्दु सम्म पुगेको थियो । बजारको न्यून विन्दु २३०४ रहेको छ।
आज बजार निकै माथि खुलेको थियो। हिजो बजार सामान्य वृद्धि भए पनि हिजोको मैनवत्ति भने रातो थियो। आज बजार खुलेबाट नै घट्दो प्रवित्तिमा थियो। बजार सामान्य अंकले घट्दा पनि बजारको खुला विन्दु निकै माथि भएकोले आज दिन भर बजारमा बिक्रीकर्ता हावी भएको देख्न सकियो। कारोवार रकम पनि ७ अर्ब माथि पुगेको छ। बजारमा करेक्सन भएको दिन कारोवार रकम आकर्षक हुनुलाई त्यति सकारात्मक मानिदैन।
फाईनान्स कम्पनीहरुमा आज राम्रो माहोल देखिएको थियो । ट्रेडिङ्ग, फाइनान्स र जीवन बीमा कम्पनीहरुमा मात्र वृद्धि देखिएको छ भने अरु सबै उपसुचकमा गिरावट आएको छ।
बजारमा आज बिक्रीकर्ता हावी भए पनि बजार ईण्ट्राडेमा २३०० को विन्दु मुनी पुगेको छैन। यसलाई मनोवैज्ञानिक हिसाबमा सकारात्मक रुपमा लिन सकिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार