इन्फ्रास्टक्चर बैंककाे आईपीओ १५ लाख बढिले भरे
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २३:३६:९
६ माघ, काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले गत शुक्रबारबाट खुलाएको साधारण शेयरको आईपीओमा कम्पनीले माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी शेयरका लागि आवेदन परेको छ ।
शेयरको आवेदन खुला गरिएको माघ २ देखि ६ सम्मको पाँच दिनमा १५ लाखभन्दा धेरै आवेदन परेको कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको हो ।
क्यापिटलका अनुसार आईपीओमा करिब १८ अर्ब रुपैयाँ बराबरको शेयरका लागि आवेदन परेको छ । उक्त रकम अहिलेसम्मको सबैभन्दा ठूलो रकमको आवेदन हो ।
‘अहिले सीडीएससीको सिस्टम डाउन भएर यकिन विवरण हेर्न सकिएको छैन । क्यापितलले भन्यो, ‘तर, आवेदन १५ लाखभन्दा धेरै परेको छ । रकम १८ अर्ब हाराहारी छ ।’
यसअघि सबैभन्दा बढी चन्द्रागिरि हिल्सको आईपीओमा २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयरका लागि १२ लाख ५१ हजार आवेदन परेको थियो । त्यसअघि प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर निष्काशनमा पनि करिब साढे १० लाख आवेदन परेको थियो ।
साधारण शेयरमा लगानी गर्नेहरू १० कित्ता पर्दा पनि भाग्योदय चिठ्ठा मानिरहेका बेला निफ्राले आठ करोड कित्ताको आईपीओ ल्याएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
धरहराबाट प्रधानमन्त्रीले सार्वजनिक गरे एनपीएलको ट्रफी (फोटो फिचर)
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार