नेपालमा बेलायती मोडलको राजतन्त्र आउँछ : डा. लोहनी
नेपालबहस संवाददाता
माघ ६, २०७७ बुधबार १:५४:२६
६ माघ, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अब नेपालमा बेलायती मोडलको राजतन्त्र आउने तयारी भइरहेको खुलासा गरेका छन् । उनले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताए ।
‘देश र जनतालाई एकताको सुत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ । शासन जनताले गर्ने, बेलायत, क्यानाडा, नर्वेमा जस्तो अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको छ । राजा र जनताको एकतामा नै देश बलियो हुने हो, प्रजातन्त्र सुढृद हुने हो,’ राप्रपाका अध्यक्ष लोहनीले मोरंग जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै भने ।
भागबण्डाका कारण प्रशासनयन्त्रमा आठपरिया प्रवृत्ति चलिरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे । ‘एक वर्षमा तीन–तीन पटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो,’ उनले भने ।
राप्रपाका नेता रामचन्द्र रायले नेकपाको घरझगडाले देश अस्थिर बनेको, संंवैधानिक संकट खडा भएको बताए । नेता श्याम तिमल्सिनाले राप्रपा विकल्प दिन एक भएको र त्यसै अनुरुप देश र जनताको हितमा विकल्प दिने बताए ।
राप्रपाका नेता सगुनसुन्दर लावतीले राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छ भन्ने युवाहरुको माग बमोजिम देश अघि बढ्न आवश्यक रहेको बताए । नेता जनकराज पाठकले परिवर्तनले जनचाहना सम्बोधन नगरेको भन्दै नयाँ विकल्प प्रस्तुत गर्नु पर्ने बताए ।
विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्ने ३७ जनालाई अध्यक्ष लोहनीले स्वागत गरेका थिए । कार्यक्रममा विश्वमोहन थापा, राजु लोहनी, दिनेश साह, आरती गेलाल, दुर्गाबहादुर अधिकारी, माधव आचार्यले मन्तव्य प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण
मंसिर २, २०८१ आइतबार