डोल्पामा सुत्केरी जोगाउन ग्यास हिटरको जोहो
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १९:६:३७
७ माघ, डोल्पा । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो ।
तीन जना स्थानीय चिकित्सकले हिँउदको अत्याधिक चिसोका कारण सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै पाँच वटा ग्यास हिटर र १० वटा सिलिण्डर सहयोग गरेका हुन् । ललितपुरस्थित पाटन अस्पतामा कार्यरत डा अखण्ड उपाध्याय, जिल्ला अस्पताल डोल्पामा कार्यरत डा मेलिना हमाल र डामछिन्द्र बडूवालले ग्यास हिटर किन्नका लागि अभियान नै चलाएर सहयोग रकम उठाएका थिए ।
चिकित्सकहरुको अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र २९ जना व्यक्तिबाट कूल रु ९० हजार रकम उठाएर ग्यास हिटर र सिलिण्डर खरीद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । दुनैमा विस्तारित विद्युत्को भोल्टेज न्यून भएकाले महिला सुत्केरी हुनुअघि र भइसकेपछि चिसोले सास्ती खेप्नु परेको छ ।
हिँउद्को कठ्याङ्ग्रिदो चिसोका कारण सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुने अवस्था भएकाले अभियान नै चलाएर हिटरको जोहो गरिएको डा अखण्ड उपाध्यायले जानकारी दिए । सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको कष्टकर अवस्थाबाट प्रभावित भएकाले हिटर किन्ने अभियान चलाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार