कर्णाली प्रदेश आज बन्द, सवारीसाधनहरू ठप्प
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १८:५९:२५
७ माघ, सुर्खेत । कर्णाली प्रदेश आज सवारीसाधनहरू बन्द छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् ।
राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठुला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो ।
नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहानामा हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रालिलाई साविकको काउण्टरको दक्षिणतर्फ आउटडोर काउण्टर सञ्चालन गर्न संरचना निर्माण गर्न दिएपछि अन्य साना यायायात प्रालिले संयुक्तरुपमा विरोध जनाएका हुन् ।
नगरपालिकाले आफैंले बनाएको कार्यविधिविपरीत मध्यपश्चिम यातायात प्रालि र काँक्रेबिहार यातायात प्रालिलाई आउटडोर काउण्टरको संरचना बनाउन दिएको यातायात व्यवसायीहरूको भनाइ छ ।
सिटी बसपार्कभित्र सुर्खेतमा सञ्चालित १२ वटा यातायात प्रालिहरुले गोलाप्रथाको आधारमा काउण्टर सञ्चालन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार