चिसो अत्याधिक बढेपछि पर्सा र बारामा विद्यालय बन्द
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २२:१८:५२
७ माघ, वीरगञ्ज । चिसो अत्याधिक बढेपछि पर्सा र बाराका विभिन्न विद्यालय बन्द भएका छन्। चिसाे धेरै बढेपछि बाराको कलैया उपमहानगरपालिका र पर्साको पर्सागढी नगरपालिकाले विद्यालय बन्द गरेका हुन् । वीरगञ्ज महानगरपालिकाका विद्यालय भने आजबाट खुलेका छन् ।
चिसोबाट बालबालिकालाई जोगाउनका लागि आवश्यक स्रोत साधन विद्यालयमा नहुने भएकोले विद्यालय बन्द गरिएकाे हाे । पर्सागढी नगरपालिकाका विद्यालय बुधबारदेखि नै बन्द भइसकेका छन् । पर्सागढी नगरपालिको शिक्षा शाखाले मंगलबार नै विज्ञप्ति जारी गरेर तीन दिनका लागि विद्यालय बन्द गरेको थियो । पर्सागढीका विद्यालयहरु पनि शुक्रबारसम्म बन्द रहनेछन् ।
चिसोले पठन पाठन नै प्रभावित बनेको र बालबालिकोको स्वास्थ्यमा समेत असर पर्ने देखिएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख प्रदीपकुमार चौरसियाले जानकारी दिए । सामुदायिक विद्यालय ३० वटा र संस्थागत ७ वटा विद्यालय छन् ।
बाराको कलैया उपमहानगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ । कलैया उपमहानगरपालिका कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै माघ ८ र ९ गते बन्द गर्ने जनाएको छ । नगर शिक्षा समितिको निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन शुक्रबारसम्म बन्द गरिएको शिक्षा अधिकृत विजय अधिकारीले जानकारी दिए ।
चिसो बढेपछि जिल्ला प्रहरी कार्यालय बाराले २७ ठाउँमा आगो बालेको छ । सर्वसाधरणलाई चिसोको कहरबाट जोगाउन आगो बालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नजिकका वन कार्यालयबाट दाउरा ल्याएर बाल्न मातहतका कार्यालयहरुलाई निर्देशन दिईएको र सोही अनुसार बुधबार २७ ठाउँमा दाउरा बालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार