अस्थिरतामा आफ्नो भाग्य देख्ने प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
माघ ७, २०७७ बिहिबार १:३२:१०
बाहिरी संसारमा जतिसुकै राम रउसमा देखिएता पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकान्तमा भने असाध्यै ठूलो पीडा र चिन्ताले सताईरहेको हुन्छ । विगतमा देशकै सबैभन्दा ठूलो कहलिएको र झण्डै दुई तिहाईको समर्थन लिएर बनाईएको सरकार, त्यही सरकारको नेतृत्व गर्दै बालुवाटार छिरेका प्रधानमन्त्रीले वर्तमानमा नेतृत्व गरिरहेको नेकपा ओली समूह राप्रपाभन्दा पनि सानो आकारमा आएर उभिएको छ ।
आफुभन्दा अगाडिदेखि नेपालको कम्यूनिष्ट आन्दोलनमा लागेका सयौं नेतादेखि लाखौं कार्यकर्ताहरुले अहिले केपी शर्मा ओलीलाई मरेको बाघलाई उपियाँले छोडे झैं छाडेर प्रचण्ड–माधवले नेतृत्व गरिरहेको नेकपातर्फ तानिएका छन् । बालुवाटार र शितलनिवासको भोजभतेर घटदै गएको छ । आजकल बालुवाटारमा ओली समूह बाहेकको उपस्थिति पातलिएको छ । प्रधानमन्त्री ओलीको दोहोरो चरित्रका कारण हिजो साथ दिन्छौं भन्ने प्रतिपक्षी दलहरु समेत अहिले आएर बिच्किएका छन् । कुराले एउटा र कामले अर्कै गर्दै जाने ओलीको बानी हैन, प्रबृत्ति नै बनिसकेको छ ।
अहिले देशमा संसद बिनाको कामचलाउ सरकारको उपस्थिति रहेको अवस्था छ । सरकारले गरेको संसद बिघटनको प्रस्तावलाई राष्ट्रपतिबाट लालमोहर लागिसकेपछि यसबेला देश निर्वाचनमा होमिएको हुनुपर्ने हो । जनतासँग दलका नेताहरुको सम्बन्ध जोडिनु पर्ने हो । नेताहरुले हावादारी गफ गर्न छोडनु पर्ने हो । देशका राजनीतिक दलहरु आफ्ना एजेण्डा बोकेर जनतामा पुगिसकेको हुनुपर्ने हो तर वर्तमानको राजनीतिक गतिबिधि अर्कै तर्फबाट अगाडि बढिरहेको देखिन्छ ।
जनताको असाध्यै ठूलो भरोसाका साथ प्राप्त बहुमत र नेपाली जनताको जनादेशलाई समेत सम्हालेर लान नसक्ने प्रधानमन्त्रीलाई फेरि पनि बहुमत चाहिएकै छैन् । ओलीका वर्तमानका राजनीतिक हर्कतहरुले उनी मुलुकमा राजनीतिक स्थिरता नै चाँहदैनन भन्ने अनुमान लगाउन सकिने प्रशस्तै ठाउँहरु देखिदैछन् ।
अहिले ओली समूह बाहेक देशमा क्रियाशिल सबैजसो राजनीतिक दलहरु, मानवअधिकारकर्मीहरु र सिंगो नागरिक समाज प्रधानमन्त्रीको कदमलाई असंबैधानिक भन्दै सरकार र प्रधानमन्त्रीका बिरुद्धमा सडकमा ओर्लिएका छन् । आफ्नै सरकारमा आफैले बनाएका दर्जनौं मन्त्रीहरुले राजीनामा दिएर ओलीको साथ छोडेर गैसकेका छन् । वर्तमान सरकार आफैमा केयरटेकरको रुपमा परिणत भैसकेको छ । हठात मनस्थितिमा बिस्तारै अगाडि बढिरहेको छ ।
देशको कानूनको रखवाला गर्ने सर्वोच्च अदालत पनि अहिले जनताको सडकमा देखिएको अभिमत, कानूनमा बैधानिकताको बाटो, विद्यमान संवैंधानिक संकट समाधानका लागि अपनाउन सकिने उपाय र नेपालको संविधानले परिलक्षित गरेका प्रधानमन्त्रीका अधिकार र जिम्मेवारीहरुको खोजी गर्दैछ । सिंगो मुलुक एकातर्फ र ओली समूह अर्कोतर्फ रहेको अवस्था सृजना हुँदै गैरहेको छ । यसले भोलिका दिनमा ओली झनै एक्लो र निकम्मा हुने अवस्था समेत सृजना हुँदै गैरहेको अवस्थालाई इंकित समेत गरिरहेको देखिन्छ ।
मुलुकमा राजनीतिक संकट सृजना भएर यति लामो समय बितिसक्दा पनि प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि देशमा रहेका कुनै पनि राजनीतिक दलहरुसँग कुनै प्रकारको छलफल समेत गर्न आवश्यक ठानिरहेका छैनन् । कहिलेकाँही सत्ताको तृष्णाले भोकाएका नेताहरुलाई भावी प्रधानमन्त्रीको पराल हाल्न बाहेक उनले बितेका एक महिनामा कुनै पनि उल्लेख्य काम गरेकै छैनन् । यसले ओली वर्तमान राजनीतिक संकटलाई थप लम्ब्याउन र धमिलो पानीमा माछा मार्न अझै पनि लालायित छन् भन्ने कुराको पुष्टि गर्दछ ।
देशले अहिले निर्वाचन मागेकै छैन् । जनताको असाध्यै ठूलो भरोसाका साथ प्राप्त बहुमत र नेपाली जनताको जनादेशलाई समेत सम्हालेर लान नसक्ने प्रधानमन्त्रीलाई फेरि पनि बहुमत चाहिएकै छैन् । ओलीका वर्तमानका राजनीतिक हर्कतहरुले उनी मुलुकमा राजनीतिक स्थिरता नै चाँहदैनन भन्ने अनुमान लगाउन सकिने प्रशस्तै ठाउँहरु देखिदैछन् ।
केपी शर्मा ओलीलाई फेरि पनि प्रधानमन्त्री दिन्छु मात्रै भन्नु पर्छ उनी प्रचण्ड–दाहाल समूहको नेकपामा पनि जान्छन् । सकुञ्जेल ब्यङ्गय बाणको प्रहार हान्छन् , नसकेपछि आफै लुरुक्क परेर प्रचण्ड–माधवलाई फेरि पनि ग्वाम्लाङ्ग अँगालो हाल्छन् । यसैलाई केही राजनीतिका मकै ज्योतिषीहरु पार्टी एकताको अभूतपूर्ण उपलब्धि ठान्छन् ।
सधैं अस्थिरतामा आफ्नो भाग्य देख्ने प्रधानमन्त्रीलाई निर्वाचन त केवल जनता ढाँटने एउटा गतिलो बहाना मात्रै भएको छ । ओली सरकारका पक्षमा देखिएको राजावादी वकिलहरुको संसर्गले कताकता वर्तमान राजनीतिक व्यवस्था नै धरापमा पर्ने त हैन ? भन्ने आशंकाहरु समेत उब्जाएको छ ।
सधैं हावादारी गफले मात्रै टिकेका, व्पापारीसँग कमिशनको खेलमा बिकेका, आफ्नै दलका नेताहरुसँग मिलेर बस्नै नसक्ने, बालुवाटार भन्दा बाहिर बस्नै नसक्ने, आफ्नै दलको बैठकमा समेत जानै नसक्ने, मार्सी चामल बिनाको खाना खानै नसक्ने, जन्मोत्सव मनाउन केक ओसार्नलाई हेलिकाेप्टरनै चाहिने, बालुवाटार भित्र होलीवाईनको दुर्गन्ध मात्रै पाईने अवस्थाले अवस्थाले अहिले देशका प्रधानमन्त्री मात्र हैन, सिंगो बालुवाटार दुर्गन्धमय भएको छ । बिदेशीका सामू सरकारका मन्त्रीहरुका धनुष्टङ्गकार दण्डवत प्रणामले सिंगो नेपाल र नेपाली जनताको ईज्जत गएको छ ।
त्यति हुँदा पनि हाम्रा देशका प्रधानमन्त्रीलाई कुनै चिन्ता छैन् । देश बनाउँछु भनेर निस्किएको मान्छे जनता हँसाउँदै हिडेको छ । सत्ता स्वार्थका लागि कहिले प्रचण्डसँग मिलेको छ, कहिले सि.के.राउतसँग गला जोडेको छ । कहिले आफ्नै दलका नेतालाई नङ्गग्याउदै त कहिले कमिशनखोरलाई चोख्याउँदै हिडेको छ । मशानघाटमा होस् या मेलापर्वमा होस्, हावादारी र दिग्दारी लाग्ने बिषयलाई उठाएको छ ।
आफ्नो बेतुकका गफ सुन्नकै लागि भएपनि दुईचार हनुमान र अरिङ्गगाल जुटाएको छ । देश भाँडमा जाये कुनै मतलब छैन आफ्ना आसेपासेलाई बिना कुनै लगानी ठेक्कापट्टा र राष्ट्रिय बहुप्रतिष्ठित सम्मान र पुरस्कार दिलाएको छ । केपी शर्मा ओलीलाई फेरि पनि प्रधानमन्त्री दिन्छु मात्रै भन्नु पर्छ उनी प्रचण्ड–दाहाल समूहको नेकपामा पनि जान्छन् । सकुञ्जेल ब्यङ्गय बाणको प्रहार हान्छन् , नसकेपछि आफै लुरुक्क परेर प्रचण्ड–माधवलाई फेरि पनि ग्वाम्लाङ्ग अँगालो हाल्छन् । यसैलाई केही राजनीतिका मकै ज्योतिषीहरु पार्टी एकताको अभूतपूर्ण उपलब्धि ठान्छन् ।
हेक्का रहोस् प्रधानमन्त्री ज्यू, समयले मानिसलाई अकल्पनीय समस्याहरु र हण्डरहरु साथै असाध्यै धेरै जोखिमहरुसँग जुध्न सिकाउँछ । त्यसैले त घडी भित्र सुन्दर गुलाफका फुलहरु हैन, तिखा काँडा झै सूईहरु राखिएको हुन्छ । तिनै सुईले देखाएको आँकडालाई हामी शिरोपर गर्दै हिडनु पर्ने हुन्छ, हिडछौं । हामी कही कतै आफ्नै कारणले अलमल गरौंला तर ती तिखा सूईहरु अबिचलित रुपमा हिडिरहन्छन्, निरन्तर निरन्तर ।
राजनीति र घडीको सूईमा पनि अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जनताको भावनाको कदर गर्छु भन्दै जनताकै अभिमत र जनमत लिएर आएका जनप्रतिनिधिहरु नै जनताका भावना विपरित दमन र शोषणमा उत्रिएका हुन्छन् । हिजो आफु उभिएको धरातल क्षणभरमै बिर्सिएर आफुलाई घडीको सूईमा परिणत गरिसकेका हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार