रुकुमपश्चिम घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसकाे माग
नेपालबहस संवाददाता
माघ ७, २०७७ बिहिबार १:५९:२३
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।
मङ्गलबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ निकट वडा नं ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै वडाध्यक्ष शाही लगायतलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कारवाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरे ।
भविष्यमा यस्ता घटना पुनःनदोहो¥याउन नेकपालाई कांग्रेसले चेतावनी दिँदै जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत हुनसमेत आग्रह गरेको छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजविक्रम आरसी र दीपक केसी गम्भीर घाइते भएकाले उनीहरुको नेपालगञ्जमा र दुई जनाको नगर अस्पतालमा उपचार भइरहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
कोदो केलाउँदै महिला
मंसिर २, २०८१ आइतबार