नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ खोप !
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १३:१०:२३
८ माघ, काठमाडौं । नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो ।
नेपालमा कोभिड–१९ को संक्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा संक्रमण देखिएको थियो ।
अहिलेसम्म नेपालमा दुई लाख ६८ हजार ३१० जना संक्रमण भएका छन् । यस्तै दुई लाख ६२ हजार ६४२ निको, तीन हजार ६९३ सक्रिय सङ्क्रमित र एक हजार ९७५ जनाको संक्रमणबाट निधन भएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले खोप आउने बित्तिकै लगाइने बताए । “भारतबाट खोप आएपछि हामीले भण्डारण गर्नेदेखि सबै जिल्लामा पु¥याउनका लागि ढुवानी व्यवस्थापनको तयारी पुरा छौ”, उनले भने, “त्यसपछि हामीले प्राथमिकरणमा परेका व्यक्तिलाई तुरुन्तै खोप लगाउन शुरु गर्नेछौँ ।”
खोप शाखा निर्देशक डा गौतमले भारतमा दर्ता भई त्यहाँ नागरिकमा खोप लगाएपछि नेपाली जनतालाई पनि खोप लगाउन सकिने भएकाले ल्याउन थालिएको बताए। उनका अनुसार उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । कोभाशिल्ड माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिन्छ ।
उनका अनुसार उक्त खोप दुई मात्रा व्यक्तिलाई दिइनेछ । यसरी दुई मात्रा व्यक्तिलाई दिँदा करीब पाँच लाख जनालाई खोप दिइन सकिनेछ । “भारतमा दुई मात्रा दिइएको छ । पहिलो खोप दिएको चार हप्तापछि अर्को मात्रा दिइएको छ”, उनले भने, “नेपालमा पनि दुई मात्रा दिने सोचाइ बनाएका छौँ, तर अझै निर्णय गरेका छैनौँ ।” उक्त खोप विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’मा सूचीकृत भने छैन ।
सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन भएअनुसार अहिले कोभाशिल्ड खोप भारतबाट ल्याई नेपालमा प्रयोग गर्न थालिएको हो ।
खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोप लगाउनका डब्लुएचओको सूचीकृत हुनुपर्ने अनिवार्य छैन । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौँथो नेपालको औषधि व्यवस्थापन विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।
सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने छ । बिहीबार खोप आइसकेपछि भण्डारण गरेपश्चात् खोप क्रमशः प्राथमिकीरणमा परेकालाई दिइनेछ ।
कोभाशिल्डलाई भारतले मान्यता दिइ दर्ता गरेको र त्यहाँका नागरिकमा लगाएको तथा नेपालको औषधि व्यवस्थापन विभागले पनि उक्त खोपलाई दर्ता गरेकाले खोपसम्बन्धी दुई मापदण्ड पूरा गरेकाले नेपालमा ल्याई लगाउन थालिएको हो ।
खोप शाखा निर्देशक डा गौतमले भारतमा दर्ता भई त्यहाँ नागरिकमा खोप लगाएपछि नेपाली जनतालाई पनि खोप लगाउन सकिने भएकाले ल्याउन थालिएको बताए। उनका अनुसार उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । कोभाशिल्ड माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिन्छ ।
कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ‘जिटुजी’, सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।
सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने छ । बिहीबार खोप आइसकेपछि भण्डारण गरेपश्चात् खोप क्रमशः प्राथमिकीरणमा परेकालाई दिइनेछ ।
यस्तै खोप गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भवती हुने महिलालाई भने खोपले हानि गर्दछ । ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी पनि तीव्ररुपमा अगाडि बढाएको उनले बताए ।
कोभ्याक्समार्फत ल्याउने खोपका लागि सरकारले गत मङ्सिर १९ गते ‘डिसेम्बर ४ तारिक’मा कूटनीतिक पत्र पठाइसकेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ‘जिटुजी’, सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।
अहिले विश्वमा फाइजर एण्ड बायोएनटेक कम्पनी ‘अमेरिका’, मोडेर्ना ‘अमेरिका’, ग्यामेलिया ‘रसिया’, ‘स्पुतनिक–भि’ ‘रसिया’ र अक्सफोर्ड अक्ट्राजेनिका ‘बेलायत’ तथा चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार