वाणिज्य बैंक बन्ने लक्ष्यका साथ अघि बढेको मुक्तिनाथ, दोश्रो त्रैमासमा आयो आकर्षक विवरण
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
माघ ८, २०७७ बिहिबार १९:४४:५
![](https://nepalbahas.prixacdn.net/media/albums/muktinath-ceo-chairman_g57uaKB8Zg.jpg)
८ माघ, काठमाडौं । वाणिज्य बैंक बन्ने लक्ष्यका साथ अघि बढेको मुक्तिनाथ विकास बैंक दिन प्रतिदिन सफल हुँदै गएको प्रस्ट देखिन थालेकाे छ । कोरोना कहरका बीचपनि कम्पनीले आकर्षक वित्तीय प्रतिवेदन पस्किन सफल भएको छ ।
देस्राे त्रैमासकाे पुष मसान्तसम्म कम्पनीको खुद मुनाफा ३० प्रतिशतले वृद्धि हुन सफल भएको छ । चुक्ता पुँजी ११ प्रतिशतले वृद्धि हुँदा खुद मुनाफा त्यो भन्दा धेरैले वृद्धि भएकोले प्रतिशेयर आम्दानी वृद्धि गर्न पनि बैंक सफल भएको छ । निक्षेप र कर्जामा पनि बैंक आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ । त्यस्तै वितरण योग्य मुनाफामा पनि ५३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
वि.सं २०६३ साल पुषमा स्याङ्जा जिल्लाका लब्ध प्रतिष्ठित उधोगी व्यवसायी र समाजसेवीहरु मिलेर खोलेको यो बैंकलाई यहाँसम्म ल्याईपुर्याउन स्थापनाकालदेखिका सीईओ भरतराज ढकालको महत्वपूर्ण योगदान रहेको छ । हाल बैंकको सञ्चालक समिति अध्यक्ष समेत रहेका ढकालले क्षेत्रीय स्तरको यस बैंकलाई राष्ट्रिय स्तरको विकास बैंक मात्र बनाएनन्, देशका चर्चित बाणिज्य बैंकहरुसँग चुक्ता पुँजी, मुनाफा र व्यवसायमा प्रतिस्पर्धी बनाउन पनि सफल भएका छन् ।
यस बैंकले ग्रामिण क्षेत्रमा लघुवित्तमार्फत तल्लोतहको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । कुषि क्षेत्रमा लगानी होस् वा आधुनिक बैंकिङ क्षेत्रले अंगालेका नविनतम् प्रविधिका वचत, मुद्धति खाता र कर्जा प्रवाहको माध्यमद्धारा दिन दुगुना फड्को मार्दै आएको छ । राज्यले अख्तियार गरेका विभिन्न नीति निर्देशनलाई समेत अनुशरण गर्दै आएको मुक्तिनाथ विकास बैंक रास्ट्रियस्तरको विकास बैंक भएपनि वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्ने र निकट भविष्यमा ८ अर्ब चुक्ता पुर्याएर वाणिज्य बैंक बन्ने बहस बजारमा चल्दै आएकाे छ ।
मुक्तिनाथ विकास सञ्चालक समिति :
बैंक संचालक समितिको अध्यक्षमा भरतराज ढकाल रहेका छन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र र निर्मला कुमारी के.सी. कार्की र स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा रहेका छन् ।
बैंकका ठुला शेयरधनी:
२०७६ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ० दशमलव ५ प्रतिशत भद्ना धेरै स्वामित्व रहेका २८ जना शेयरधनी रहेका छन् । जसमध्ये मीनप्रसाद गुरुङको नाममा १० लाख २३ हजार कित्ता शेयर रहेको छ ।
मुक्तिनाथ विकास बैंकका ठुला १० शेयरधनीको नाम :
मुक्तिनाथ विकास बैंकको उच्च व्यवस्थापन :
यसैगरी बैंकको उच्च व्यवस्थापनमा युवा बैंकर प्रद्युमान पोखरेल सीईओको रुपमा कार्यरत छन् । त्यस्तै समिरशेखर बज्राचार्य नायव सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा तिलबहादुर गुरुङ र गोविन्दबहादुर राउत पनि कार्यरत रहेका छन् ।
लाभांशको इतिहास :
कम्पनीले प्रत्यक वर्ष आकर्षक लाभांश दिंदै आएको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्दा पनि कम्पनीले निरन्तर बोनस शेयरलाई प्राथमिकतामा राखेको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को साधारण सभा सम्पन्न गर्दै ११ दशमवल २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २६ प्रतिशत नगद लाभांश दिएको छ।
कस्तो आयो दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा ६१ करोड ५५ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा याे विकास बैंकले ४७ करोड २५ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३० प्रतिशतको वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोत व्याज आम्दानीमा ६ प्रतिशतको वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १६ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानी ६ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा २८ प्रतिशतले वृद्धि हुँदै ८६ करोड ५२ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ६७ करोड ४९ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी २५ :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा हुन आउँछ ।
नोट : माघ ७ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १३० रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७४ अर्ब ८७ करोड निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ३१ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह २२ प्रतिशतले नै वृद्धि भएको छ ।
जगेडा कोष बढ्यो , संचित मुनाफा घट्यो :
जगेडा कोष १४ प्रतिशतले वृद्धि हुँदै ९३ करोड ३० लाख पुगेको छ भने संचित मुनाफा १३ प्रतिशतले घट्दै ५३ करोड २६ लाख रुपैयाँ रहेको छ।
निस्क्रिय कर्जा एक प्रतिशत मुनी :
कम्पनीको खराब कर्जा शुन्य दशमलव ३० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ११ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ८ दशमलव ३८ प्रतिशत पुगेको छ ।
स्प्रेडदर ५ प्रतिशत भन्दा मुनि :
व्याजदर अन्तर ४ दशमलव ९९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५ दशमलव ६६ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १५ गुणा :
कम्पनीको माघ ७ गतेको बजार मूल्य ३८६ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ०९ गुणा आउँछ । १५ मूल्य आम्दानी अनुपात राम्रो मानिन्छ।
निस्कर्ष : बैंकको वित्तीय अवस्था धेरै पक्षमा सकारात्मक देखाए पनि कम्पनीले विगत दश वर्षकाे तुलनामा आर्थिक वर्ष ७६/७७ मा सबैभन्दा कम लाभांश दिएको छ । त्यस्तै कम्पनीको खराब कर्जा पनि विस्तारै वृद्धि हुँदै गएको संकेत मिलेको छ । त्यस्तै कम्पनीको संचित मुनाफा १३ प्रतिशतले घटेको छ । यी कुरालाई छोडेर हेर्दा बैंकको दोश्रो त्रैमासको प्रागति हेर्दा आकर्षक मान्न सकिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार