झापाका अधिकांश ग्रामीण क्षेत्र समृद्ध बन्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १७:३३:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/jhapa_EuUZwpup66-1_SeddQbs8yl.jpg)
८ माघ, सुरुङ्गा ‘झापा’ । तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् । गल्ली, चौक र सडकमा जडित सौर्यबत्तीले झलमल उज्यालो हुँदा साँझपख घुमफिर गर्ने र किनमेल गर्ने मानिसका कारण बजारमा राति अबेरसम्म नै भीडभाड हुने गरेको हो ।
दिउँसो अफिसको कामले नभ्याएका साँझपख किनमेल गर्न निस्कने परिपाटी बढेपछि साँझ नपर्दै सुनसान हुने झापाका ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका बजारसमेत अहिले राति अबेरसम्म खुल्दै आएका छन् । अझ बिहानको समयमा ‘मर्निङ वाक’ मा निस्कनेहरुका लागि त सौर्यबत्ती वरदान नै सावित भएको छ । अँध्यारै सडक पेटीमा मर्निङ वाक हिँड्दा सवारीले ठक्कर देला र मरिएला भन्ने पिरोलो समेत हराएको बिर्तामोड–२ चारपानेका स्थानीयवासी मदनगोपाल सुब्बा बताउछन । “मर्निङ वाकमा निस्कने मेरो बानी छ”, उनले भने, “म १० औँ वर्षदेखि मर्निङ वाकमा निस्कँदै आएको छु, हिजो अँध्यारोमा नै हिँडिन्थ्यो, आज चोकचोक र गल्ली गल्ली सौर्यबत्तीका कारण झलमल हुन्छन्, हिँड्नलाई कुनै डर छैन ।”
उनका अनुसार साँझ नपर्दै सुनसान र बिहान अबेर मात्रै सडकमा मानिसको चहलपहल देखिने झापाका ग्रामीण क्षेत्रका बजार र सडकमा समेत अहिले उज्यालोकै कारण राति अबेर र बिहान सबेरै चहलपहल देख्न पाइन्छ । शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका बजार र सडक सफा भएका कारण गाउँगाउँमा अहिले मर्निङ वाकको लहरै आएको छ ।
स्थानीय तहको निर्वाचनपछि चुनिएका जनप्रतिनिधिले आ– आफ्नो ठाउँको विकासमा चासो राख्दै गाउँका बजारलाई स्मार्ट सिटी, धुलौटे सडकलाई कलोपत्रे, सडक पेटीमा सौर्यबत्ती जडान गरेकै कारण झापाका शहरी र ग्रामीण क्षेत्रका बजारसमेत चम्किएको देख्न सकिन्छ ।
“तीन वर्षअघि म विदेश ‘दुवई’जाँदा यहाँ केहीको सुविधा थिएन”, बाह्रदशी गाउँपालिका–१ बोक्राझाडीका कृष्ण घिमिरे ‘प्यासी’ले भने, “अहिले राजगढ बजार साँझपख त धपक्कै बल्दो रहेछ । गाउँपालिकाले स्मार्ट सिटीको अवधारण अगाडि बढाएर सबै सडक कालोपत्रे, स्थानीयको सक्रियतामा ठूला–ठूला सपिङ मल, उद्योगधन्दा खोलिनु र साँझ पर्दै जाँदा बजारमा देखिने झिलिमिली बत्तीले यहाँको स्वरूप नै बदलिएछ ।” तीन वर्षअघि उनको गाउँमा बिजुली बत्ती पुगेको थिएन । “कुपी ‘मट्टितेल र सलेदोको सहायताले बालिने बत्ती’ बालेर बस्नु पर्थ्यो तर अहिले घरघरमा बिजुली पुगेको छ । विदेशमा हुँदै सुनेको थिएँ गाउँपालिकाले उज्यालो बाह्रदशी भन्ने अभियान चलाएको छ, हो रहेछ”, घिमिरेले भने, “बाह्रदशीका सबै वडामा अहिले विद्युतकाे पहुँच पुगेको छ ।”
सात वटै वडामा एकएक वटा मुख्य सडकको छनोट गर्दै कालोपत्रेको काम, जीर्ण अवस्थामा पुगेका विद्यालयका भवनलाई पुनः निर्माण, सबै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन, कक्षा ११ र १२ अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्णरूपमा छात्रवृत्ति, कृषकलाई पशु उपहारदेखि भकारो सुधारसम्मका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
त्यसो त बाह्रदशी गाउँपालिकाले करोडौँ रुपैयाँ खर्च गर्दै पहिलो वर्ष नै बाह्रदशीलाई उज्यालो बनाउने योजना अघि सारेको थियो । सोही योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै बाह्रदशीका सातवटै वडामा विद्युत् विस्तार गरिएको हो । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार गाउँपालिका गठन भएपछि पहिलो र दोस्रो वर्ष बाह्रदशीमा विद्युत् विस्तारका लागि एक÷एक करोड रुपैयाँ खर्च गर्दै विद्युत् विस्तारको पहल थालिएको थियो । प्राधिकरणसँगको सहयोगमा गरिएको विद्युत् विस्तारका कारण दुई वर्षमा सबै वडावासीलाई उज्यालोमा राख्न सकिएको उनको भनाइ छ ।
विकासको दृष्टिकोणले पछि परेको बाह्रदशीमा अहिले मुलुक सङ्घीय संरचनामा गएपछि विकासले फड्को मारेको छ । गाउँपालिकाभित्र रहेका सबैजसो धुलौटे सडक कालोपत्रे गरिनु, गाउँमै १५ शय्याको अस्पताल निर्माणको काम शुरु हुनु, सात वटै वडामा प्राथमिक स्वास्थ्यचौकीको निर्माण हुनु, गाउँमै बर्थिङ सेन्टरको सुविधा, विपन्न परिवारका लागि छुट्टै र चिटिक्क परेको बस्ती बसाल्न सक्नु, पक्की पुल, झोलुङ्गे पुल, कजवे र आवश्यक परेको ठाउँमा हिमपाइप राख्दै आजतजावतमा सहज बनाएसँगै स्थानीयवासीले समेत राहतको अनुभव गरेका छन् ।
पन्ध्र वटा स्थानीय तह रहेको झापा र बाह्रदशी गाउँपालिका उदाहरणका लागि मात्रै प्रस्तुत गरिएका गाउँपालिका हुन् । झापा र बाह्रदशीजस्तै सबै पालिकामा अहिले विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखिएको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रभित्र विकासका पूर्वधारलाई उच्च प्राथकिमतामा राखेर निर्माण गरिरहेका छन् ।
अझ कृषकका लागि कृषि अनुदानका कार्यक्रम सञ्चालन गर्दै व्यावसायिक खेतीमा प्रोत्साहित गरेपछि गाउँपालिकाको कार्यशैली प्रति स्थानीयवासी खुशी देखिएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी ट्याङ्की निर्माणदेखि ज्येष्ठ नागरिक चौतारी निर्माणसम्मका कार्यक्रम ल्याएर सबैलाई समेटेपछि गाउँपालिकावासी आफैँमा दङ्ग छन् ।
झापा गाउँपालिकामा छात्रा र विपन्न विद्यार्थीलाई साइकलसमेत वितरण गरिएका कारण बीचैमा पढाइ छाड्ने विद्यार्थीसमेत विद्यालय जान थालेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । उनले भने, “स्थानीय तहमा हामीले अब यो गर्न बाँकी छ भन्ने ठाउँ नै राखेनौँ, सबै पक्षलाई समेटेर समानुपातिक रूपले विकास निर्माणका कामलाई अघि बढाएका कारण झापा गाउँपालिका पछिल्लो केही वर्षभित्रै समृद्ध बन्दै गएको छ ।”
सात वटै वडामा एकएक वटा मुख्य सडकको छनोट गर्दै कालोपत्रेको काम, जीर्ण अवस्थामा पुगेका विद्यालयका भवनलाई पुनः निर्माण, सबै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन, कक्षा ११ र १२ अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्णरूपमा छात्रवृत्ति, कृषकलाई पशु उपहारदेखि भकारो सुधारसम्मका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
पन्ध्र वटा स्थानीय तह रहेको झापा र बाह्रदशी गाउँपालिका उदाहरणका लागि मात्रै प्रस्तुत गरिएका गाउँपालिका हुन् । झापा र बाह्रदशीजस्तै सबै पालिकामा अहिले विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखिएको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रभित्र विकासका पूर्वधारलाई उच्च प्राथकिमतामा राखेर निर्माण गरिरहेका छन् ।
शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटनजस्ता क्षेत्रको विकासका लागि पनि बजेट नै विनियोजन गर्दै त्यससम्बन्धी कार्यक्रम सञ्चालन गरेका कारण झापाका सबै स्थानीय तह समृद्ध बन्दै गएका हुन् । अझ शहरोन्मुख बजारका रूपमा विकसित हुँदै गएका विर्तामोड, भद्रपुर, दमक, सुरुङ्गा, काँकडभिट्टा, धुलाबारीको विकासका लागि स्थानीय तहले थप योजना अघि सारेका छन् । राजमार्गसहित आवासीय क्षेत्रमा बत्तीको झिलिमिली मात्रै होइन विकासका पूर्वाधारका सबैखाले काम भइरहेका छन् । अझ प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा त झन अर्बौं रुपैयाँका बहुवर्षीय योजना सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार