एक सातामा ‘मास्टर’ले कमायो १५० करोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १८:८:०
![](https://nepalbahas.prixacdn.net/media/albums/mastar-e1611211032836_kWQXMSnKdG.jpg)
८ माघ, एजेन्सी । एक सातामा ‘मास्टर’ले १ सय ५० करोड कमाएकाे छ । कोरोना महामारीका विच रिलिज भएको साउथ चलचित्र ‘मास्टर’ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरेको हाे । ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको चलचित्रले एक सातामा १५० करोड ग्रस कलेक्शन गरेको छ ।
कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा साउथका सुपरस्टार नायक विजयको चलचित्र ‘मास्टर’ले दर्शक हलसम्म फर्काउन सफल भएको हो । तमिलनाडुका केही हलमा यो चलचित्र शत प्रतिशत अकुपेन्सीमा रिलिज भएको थियो । सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै ती हलहरुहरुलाई कारवाही गर्ने तयारी प्रहरीले गरेको छ ।
तर, यसको फाइदा चलचित्रको बक्स अफिस कलेक्शनमा भयो । विजयको यो पाँचौ चलचित्र हो, जसले भारतीय बक्स अफिसमा १५० करोडको आँकडा पार गर्न सफल भयो । यो चलचित्रले एक सातामा तमिलनाडुमा मात्र ९६ करोडको व्यापार गरेको छ । यस्तै, आन्ध्र प्रदेशमा २४ करोड, कर्नाटकमा १४ करोड र हिन्दी भाषामा ५ करोडको व्यापार चलचित्रले गरेको छ ।
चलचित्रले ओभरसिजमा ४.६ मिलियन डलरको व्यापार गरेको भारतीय मिडियाले बताएका छन् । चलचित्रको निर्माणपक्षले अब ‘मास्टर’लाई ओटीटी प्लेटफर्ममा पनि रिलिज गर्ने तयारी गरेको छ । फ्रेवुअरी १२ मा यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार