विगतको कमजोरीबाट पाठ सिकेर बलियो बन्दै सिटिजन्स बैंक
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
माघ ८, २०७७ बिहिबार २१:४२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/citizen-chairman-ceo_O8uXjOhtbh.jpg)
माघ ८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष ०७७/७८ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यसपटक सन्तुलित खालको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले खुद मुनाफा २७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
त्यस्तै बैंकले निक्षेप र कर्जा पनि सन्तुलित रुपमा वृद्धि गर्दै लगेको छ तर बैंकको लागि खराब कर्जा भने निकै धेरै वृद्धि भएको तथ्यांक आएको छ । समिक्षा अवधिमा खराब कर्जा १ प्रतिशत भन्दा मुनि रहेकोमा पुष मसान्तसम्म खराब कर्जा २ प्रतिशत माथि पुगेको छ ।
केही समय अघिसम्म निकै कमजोर वाणिज्य बैंकको पथमा अघि बढेको सिटिजन्स बैंकले अहिले आएर मात्र आफ्नो लय समाउन थालेको देखिन्छ । गत आर्थिक वर्षमा बैंकको वित्तीय अवस्था उल्टो गतिमा गएको भनी विभिन्न विश्लेषण हुँदै आएको र अन्य वाणिज्य बैंकसँग मर्जरमा जाने हल्ला पनि बजारमा चल्दै आएका थिए । तर छोटो समयमा नै बैंक व्यवस्थापन र संचालक समितिको कुशलताले गर्दा बैंकले बलियो वित्तीय विवरण प्रस्तुत गर्दैछ ।
बैंकमा संचालक समितिको अध्यक्षमा बैंकका संस्थापक सीईओ एवं वरिष्ठ चार्टर्ड एकाउण्टेन्ट राजनसिंह भण्डारी छन् । बैंकको नयाँ संचालक समितिमा प्रतिष्ठित व्यवसायी प्रवलजंग पाण्डेदेखि चर्चित बैंकर सुदेश खालिङ, प्रकाशचन्द्र मैनाली, बिजयध्वज कार्की, साजन शर्मा, सीता कार्की केसी रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ गणेशराज पोखरेलदेखि डेपुटी सीईओमा बोधराज देवकोटा रहेका छन् ।
कम्पनीले आफ्नो आकार वृद्धि गर्न र पश्चिम नेपालमा आफ्नो संजाल विस्तार गर्नको लागि बुटवलस्थित तिनाउ मिसनलाई एक्वायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तिनाउ बुटवलको स्थानीय बैंक भएकोले पनि सिटिजन्स बैंकलाई अब सो क्षेत्रमा आक्रामक व्यापार गर्न सहज हुने देखिएको छ ।
सिटिजन्स बैंकले निक्षेप संकलन १ खर्ब पुर्याउन सफल भएको छ । यसलाई बैंक व्यवस्थापनको एउटा सफलताको रुपमा लिन सकिन्छ ।
कस्तो आयो दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ८७ करोड ५१ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा याे बैंकले ६८ करोड ७७ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा २७ प्रतिशतको वृद्धि भएको छ ।
कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा सामान्य १२ प्रतिशतको वृद्धि हुँदा पनि मुनाफा २७ प्रतिशतले वृद्धि हुनुको एउटा कारण भने कम्पनीको गैर संचालन मुनाफा पनि रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को दोश्रो त्रैमाससम्म ११ करोड ३९ लाख बराबरको गैर संचालन मुनाफा गरेको छ । ८७ करोड खुद मुनाफामा गैर संचालन मुनाफाको हिस्सा ११ करोड माथि रहेको छ ।
प्रमुख आम्दानीको श्रोत व्याज आम्दानीमा १२ प्रतिशतको वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ४३ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६१ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा १२ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा २२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ९५ करोड ५९ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी २० मुनि :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा हुन आउँछ।
नोट : माघ ७ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १४३ रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ खर्ब ५ अर्ब निक्षेप संकलन गरी ८७ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ११ प्रतिशतले नै वृद्धि भएको छ ।
जगेडा कोष बढ्यो , संचित मुनाफा घट्यो :
जगेडा कोष १ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४३ करोड पुगेको छ भने संचित मुनाफा प्रतिशतले घट्दै ८७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
निस्क्रिय कर्जा दुई प्रतिशत माथि :
कम्पनीको खराब कर्जा २ दशमलव ४२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ९९ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ८ दशमलव २५ प्रतिशत पुगेको छ । बैंकको आधार व्याजदर दश एकल अंकमा आएको छ ।
स्प्रेडदर ४ प्रतिशत नजिक :
व्याजदर अन्तर ४ दशमलव ०८ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ५८ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १६ गुणा :
कम्पनीको माघ ७ गतेको बजार मूल्य २९३ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ४३ गुणा आउँछ ।
निष्कर्ष :
केही समय अघिसम्म निकै कमजोर वाणिज्य बैंकको पथमा अघि हिडेको सिटिजन्स बैंकले अहिले आएर आफ्नो लय समाउन थालेको देखिन्छ। गत आर्थिक वर्षमा बैंकको वित्तीय अवस्था उल्टो गतिमा गएको भनी विभिन्न विश्लेषण हुँदै आएको र अन्य वाणिज्य बैंकसँग मर्जरमा जाने हल्ला पनि बजारमा चल्दै आएका थिए । तर छोटो समयमा नै बैंक व्यवस्थापन र संचालक समितिको कुशलताले गर्दा बैंकले बलियो वित्तीय विवरण प्रस्तुत गर्दैछ ।
आधार व्याजदर एकल प्रतिशतमा आएको छ , जसको कारणले बैंकबाट कर्जा लिने ग्राहकलाई अलिकता राहत मिलेको छ । बैंकको चुचुरो चुम्दै गरेको खराब कर्जाले एउटा खतराको घन्टी बजाएको छ । त्यस्तै रिटर्न्स अफ इक्युटी १२ प्रतिशत् रहेको छ। यसबाट बैंकले लगानीकर्ताको सम्पत्तिलाई आकर्षक रुपमा प्रयोग नगरेको देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभीएफमा विशेष छुट
माघ ३०, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजका सेवाहरुमा विशेष छुट
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार