अब शालीनदीमा सहभागी हुन व्रतालुलाई कोरोना रिपोर्ट अनिवार्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ८, २०७७ शुक्रबार २:२३:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/nadi-e1611240826357_HCAogQL2cQ.jpeg)
८ माघ, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा गरिने माधवनारायण व्रतालुलाई कोरोनाको पिसिआर÷एण्टीजेन परीक्षण गरेरमात्र सहभागी गराइने भएको छ ।
नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने आज श्री माधवनारायण व्रत तथा शालीनदी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा निमोनियाको लक्षण छ कि छैन भनी एक्स–रे रिपोर्टसमेत साथमा हुनु अनिवार्य गरिएको जानकारी दिइयो ।
विश्वस्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए। यस वर्ष माधवनारायण व्रत गर्न चाहनेलाई माघ १० गतेदेखि १२ गतेसम्म नाम दर्ता गर्न पनि समितिले आह्वान गरेको छ । १२ गतेसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने अध्यक्ष श्रेष्ठले बताए ।
सम्मेलनमा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले स्वास्थ्य मापदण्ड पूरा गरेरमात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताए । व्रतालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।
पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवं साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।
समितिका पूर्वअध्यक्ष राजभाइ श्रेष्ठले विगत वर्षमा एक दिनमा पाँच लाखसम्म भक्तजन शालीनदी दर्शनमा आएकाले कोरोना सङ्क्रमण जारी रहेका बेला स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाव दिए। मानिसको भीडभाड हुने भएकाले बजार अनुगमनमा स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
समितिका पूर्वअध्यक्ष एवं साँखु बस कम्पनीका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले मेलाका अवसरमा सरकारले तोकेभन्दा बढी भाडा लिने सवारीलाई कारवाही गर्न कम्पनीका तर्फबाट पनि अनुगमन समूह परिचालन गरिने जानकारी दिए । विगत वर्षको मेलामा कम्पनीकै तर्फबाट करीब एक दर्जन सवारीलाई कारबाही गरिएको उनले सुनाए ।
समितिले व्रतालु स्नान गरिरहेका बेला मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएकामा त्यसो गर्नेलाई कारवाहीको दायरमा ल्याइने जनाएको छ । यस वर्ष माघ १५ गतेदेखि शालीनदी मेला लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार