पार्टीको आन्तरिक विवाद मिलाउन नसक्नेले देशलाई कसरी बचाउने ?
नेपालबहस संवाददाता
माघ ८, २०७७ शुक्रबार ३:५७:३८
८ माघ , भुम्लु ‘काभ्रे’ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँका प्रदर्शनलाई जिल्ला , केन्द्र तहका नेताहरूले सम्बोधन गरेका थिए । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले काभ्रेको भुम्लुमा भएको प्रदर्शनलाई सम्बोधन गरेका हुन् ।
उक्त कार्यक्रममा ढुंगेलले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन् । अदालत अदालत जस्तो मात्र रह्यो भने, संसद विघटन असंवैधानिक भएको पुष्टि हुन्छ ढुंगेल भने । देशको ध्यान कांग्रेस र न्यायलयमा केन्द्रित छ । अब कांग्रेसले देशलाई बाटो देखाउँछ भन्नेमा सबै नेपाली नागरिक ढुक्क रहेकाे बताउदै सरकारको गलत निर्णय न्यायलयले सच्याउनेमा देशबासी विश्वस्त रहेको उनले बताए ।
देशका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कम नआक्न दुबै थरि नेकपा लाई चुनौती दिन्छु ढुंगेलले थपे । पार्टीको आन्तरिक विवाद मिलाउन नसक्ने कम्युनिस्टहरुले देशलाई बचाउन सक्दैनन् । अब देशले शान्ति विकास र अग्रगामी परिवर्तनका लागि कांग्रेस रोज्छ। हामी पार लगाउँछाैँ तपाईहरु ढुक्क रहनोस ।
कार्यक्रम ढुंगेलको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेसको तर्फबाट भुम्लु गाउँपालिका प्रमुख प्रत्याशी उम्मेदवार तस्बिर लामा र नेविसंघ नेता नारायण हमालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता ने।का भुम्लु – ४ कार्य समिति अध्यक्ष सुर्य बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको स्थानीय कांग्रेस नेता सुजन लामाले बताए ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार