सेनामा सिपाही राधिका थापाकाे नयाँ रेकर्ड
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार १८:४३:२६
९ माघ, काठमाडौं । नेपाली सेनाको इतिहासमा सिपाही राधिका थापाले नयाँ रेकर्ड कायम गरेकी छिन् । जवान थापाले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा इतिहास रचेकी हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालका अनुसार, पुरुषकै लागि पनि कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् ।
निर्देशनालयले भनेको छ, ‘प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा २०७७ साल असोज १८ गतेबाट माघ ६ गतेसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान व्य.नं. २६३८०७ सिपाही राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकी हुन् ।’
सिन्धुपाल्चोकको मेलम्ची–२ थापाटोल ठेगाना भएकी उनी ०६९ असारमा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्यआधार तालिम पश्चात उनी २०७० जेठमा शिक्षालयमा कार्यरत रहेकी थिइन् । उनले हाल सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग तालिम सफलतापूर्वक सम्पन्न गरेकी हुन् ।
सेनाले उनले साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंशा गरेको छ । तीन महिनासम्म चल्ने उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान तथा सीपहरु सिकाइन्छ ।
थापाले यसअघि नै बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरि सकेकी छन् ।सेनाले यसअघि विभिन्न विधामा इतिहास रच्न सफल भएका महिला सैनिकको विववरण समेत सार्वजनिक गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार