भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार १९:१९:१५
९ माघ, चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो । अस्पतालमा डक्टर इन मेडिसिन (डिएम), सम्बन्धित विषयमा फेलोसिप, एमसिएचजस्ता विशिष्टीकृत अध्ययन र तालीम गरेका चिकित्सक भएर पनि सबै खालका बिरामी हेर्दै आएका छन् । अस्पतालले त्यस्ता बिरामीलाई सम्बन्धित चिकित्सकबाट उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो । हाल सञ्चालनमा रहेका विभागभित्र पनि विशिष्टीकृत विभागहरु हुनेछन् ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने, “अब भरतपुर अस्पतालमा मुटु, मिर्गौलाजस्ता अङ्गहरुको उपचारसँग सम्बन्धित अध्ययन तथा तालीम लिएका विशेषज्ञ चिकित्सकले विशिष्टीकृत सेवा दिँदैछौँ ।” हाल अस्पतालमा त्यस्ता अध्ययन गरेका विशेषज्ञले सबै खालका बिरामी हेर्दै आएका छन् । जसका कारण अस्पतालमा आएर पनि सम्बन्धित विशेषज्ञ फेला नपारेपछि विशिष्टीकृत सेवाका लागि बिरामी निजी मेडिकल कलेजमा जाने गरेका छन् ।
भरतपुर अस्पतालमा डिएम, एमसिएच, फेलोसिपजस्ता विशिष्टीकृत अध्ययन र तालीम लिएका चिकित्सक भएर पनि सम्बन्धित विभागको अभावमा समग्र बिरामीलाई हेरिरहेको अवस्था छ । अधिकारीले आउँदो दुई महिनाभित्रमा विशिष्टीकृत सेवा दिनका लागि गुणस्तर सुधार उपसमिति गठन गरी काम अघि बढाएको बताए । सरकारी अस्पतलामा काठमााडौंको वीर अस्पतालपछि विशिष्टीकृत बहिरङ्ग सेवा दिने भरतपुर अस्पताल पहिलो हुने उनले जानकारी दिए ।
अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिले विशिष्टीकृत सेवाका अतिरिक्त अस्पतालको शुल्क परिमार्जनका लागि विकास समितिमा प्रतिवेदन पेश गर्नेछ । अधिकारीले भने, “लामो समयदेखि अस्पतालको सेवा शुल्क एकै भएकाले कतिपयमा बढाउनुपर्ने र कतिपयमा घटाउनुपर्ने देखिन्छ ।” समितिको प्रतिवेदनका आधारमा शुल्क समायोजन गरिने उनको भनाइ छ ।
अस्पतलाको कतिपय शुल्क निजीसरह छ भने कतिपय साह्रै न्यून छ । समितिका संयोजक देवकोटाले अस्पतलामा भइरहेको सेवाको गुणस्तर सुधारका लागि विस्तृत अध्ययन गरेर दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने बताए । उनले विशिष्टीकृत बहिरङ्ग सेवा, शुल्क समायोजनसँगै अस्पतालको सेवाको गुणस्तर विकासका लागि महत्वपूर्ण हुने गरी प्रतिवेदन तयार गरिने जानकारी दिए । अस्पतालको सूक्ष्म अध्ययन गरेर गुणात्मक सुधारमा जोड दिन लागिएको छ । अस्पतालमा आएका बिरामीलाई पालो कुर्न, औषधि किन्दा सहजता दिलाउन, स्वास्थ्य बीमा सहज बनाउन समितिले काम गर्ने देवकोटाको भनाइ छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार यहाँबाट एक वर्षमा तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । जसमध्ये १५ हजारभन्दा बढी प्रसूतिका हुने गर्दछन् । ४० हजारभन्दा बढीले आकस्मिक सेवा लिने गरेको उनको भनाइ छ । राजधानीबाहिर पित्तथैलीको नलीभित्रको पत्थरीलाई मुखबाट पाइप हालेर निकाल्ने पद्धति इआरसिटी यहाँ मात्र हुने पौडेलले जानकारी दिए । भरतपुर अस्पताल प्रसूति र हाडजोर्नी नेपालमा नै उत्कृष्टमध्येको मानिन्छ । पौडेलले विशिष्टीकृत बहिरङ्ग सेवा शुरु भएसँगै धेरै बिरामी लाभान्वित हुने बताए । अस्पतालमा हाल १३ वटा विभाग छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार