देगु तलेजु मन्दिरको पुनर्निर्माण गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार १९:५३:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/talau-e1611304128376_gS1vEHhd2f.jpg)
९ माघ, काडमाडौं । पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिर केही भाग जिर्णाेदार त केही भाग पुर्ननिर्माण भइरहेको छ । २०७२ वैशाख १२ को विनाशकारी महाभूकम्पले क्षेती ग्रस्त मन्दिर जीर्ण भएकाले प्राचीन सम्पदा नमासिने गरी पाँच वर्षपछि पुर्ननिर्माण गर्न लागिएको हो ।
मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि तत्काल स्काफोल्डिङको काम अघि बढाइने छ । मन्दिर भूकम्पको धक्काले कस्तो अवस्थामा पुगेको छ भन्ने सम्पूर्ण जानकारी लिन फलामको पाइपको खट बाँधेर माथि चढ्नुपर्छ । मन्दिर माथि चढेपछि अध्ययन तथा अनुसन्धानका लागि तीन महिनाको समय दिइन्छ ।
सो समयपछि मन्दिर निर्माणको काम छिट्टै अघि बढाइने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले बताइन् । ‘मन्दिर भत्काउन शुरु गरेपछि त्यहाँका इँटा, कलात्मक काठलगायत पुरातात्विक महत्वका वस्तु मुचुल्का बनाएर सुरक्षित भण्डारण गर्नेछाै, उनले भनिन्, ‘मन्दिर निर्माणका लागि जापान सरकारले रु १३ करोड रकम सहयोग गरेको छ।’
मन्दिरको अवस्था सर्सरती हेर्दा छाना पानी चुहिएर बिग्रिसकेकाले सबै पुनःनिर्माण गर्नुपर्ने देखिन्छ । मन्दिरको गारो भने बिग्रिएको भाग मात्र मर्मत गरिने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले बताए ।
“मन्दिर सबै भत्काएर बनाउने चाहिँ होइन । मन्दिरमा धेरैजसो मक्किएका, कुहिएका र बिग्रिएका काठ फेर्नुपर्छ । उनले भने, ‘मन्दिर मर्मतसम्भार र निर्माणको काम उपभोक्ता समितिमार्फत गर्ने
छ ।’
तलेजु मन्दिर तीन तालाको छाना हुनुका साथै आठदेखि नौतले अग्लो छ । मन्दिरको गारो २५ प्रतिशत पुनःनिर्माण र बाँकी ७५ प्रतिशत जीर्णोद्घार गरिनुका साथै दलिन भने ५० प्रतिशत जीर्णोद्घार र ५० प्रतिशत पुनःनिर्माण गरिनुपर्ने रहेको बताइएको छ ।
जापानी भाषा प्यागोडा अर्थात् नेपाली भाषा छाने शैलीमा सो मन्दिर सन् १६८० मा राजा शिवसेनले बनाएका हुन् । देगु तलेजु मन्दिर ललितपुरकै अग्लो र ठूलो मन्दिर पनि हो ।
सो मन्दिर जस्तै पाटनको महत्वपूर्ण नरसिंह मन्दिर पनि उपभोक्ता समितिमार्फत छिट्टै निर्माण हुने भएको छ ।यसैगरी पाटनको भीमसेन र बुङ्मतीको रातो मच्छिन्द्रनाथ मन्दिर भने उपभोक्ता समितिमार्फत धमाधम पुनःनिर्माण भइरहेको छ ।
त्यसैगरी पाटनको कृष्ण, हरिशङ्कर, चार नारायण, योगनरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ आदि निर्माण सम्पन्न भइसकेका छन् । छ वर्षअघि भूकम्पले भत्काएको पाटन दरबार परिसरका ९० प्रतिशत सम्पदा निर्माण सम्पन्न भइसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार