सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १८:५८:१७
११ माघ , महेन्द्रनगर । सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन लागेको बताए ।
उहाँले यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने जानकारी दिए । यहाँ कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाइमा खटिने सरसफाइकर्मीमा उक्त खोप लगाउने तयारी रहेको निर्देशनालयले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार यहाँका जिल्लाबाट करीब १४ हजार ६६६ स्वास्थ्यकर्मी, १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क निर्देशनालयमा पुगेको जोशीले बताए । सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोराना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप केही दिनअघि मात्रै नेपाल आइपुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार