राजपत्रको आधिकारिकताबारे परीक्षण गर्न सर्वाेच्चमा रिट
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १९:११:२६
११ माघ, काठमाडौं । जालझेल र फटाईं गर्न त केपी ओली जति माहिर अरु को होला र ? प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कुनै कार्यक्रममा भन्दै थिए । अहिले प्रतिनिधिसभा विघटनको विषयमा पनि ओलीले यस्तै जालझेल गरेको प्रसंग सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा विघटन गरेको विषय अस्तीसम्म नेपाल राजपत्रमा प्रकाशित भएको थिएन । त्यो विषयमा सर्वाेच्च अदालतमा प्रश्न उठ्यो । त्यसबारे यथार्थ विवरण पेश गर्न बेञ्चले महान्यायधिवक्ताको कार्यालयलाई आदेश जारी भयो । शुक्रबारको इजलाशमा महान्यायधिवक्ताले राजपत्र पेश गरे ।
तर सरकारले विहीबार राति मात्रै मुद्रण विभागबाट राजपत्र प्रकाशित गरेको गाइँगुईं चल्यो । विभागले शुक्रबार मात्रै आफ्नो वेबसाइटमा राजपत्र अपलोड गरेको देखिन्छ । बाघ कराउनु र बाख्रा हराउनु जस्तो मात्रै हो की नियोजित ? त्यसबारे आजको सुनुवाईमा प्रश्न उठ्यो ।
वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले सरकारले जालसाजी गरेर पछि छापेको राजपत्र इजलाशमा पेश गरेको जिकिर गरे । तर प्रधानन्यायधिश चोलेन्द्रशमशेर राणा भने सुन्न तयार भएनन् । उनले विषय भन्दा वाहिर गएर बहस गर्दा निर्णय नै प्रभावित हुने भन्दै रोके । इजलाशले यसबारे सुन्नै नचाहेपछि आजै सर्वाेच्चमा राजपत्रको आधिकारिकता परीक्षण गर्न अर्काे रिट दायर भएको छ ।
विघटित प्रतिनिधिसभाका सदस्यहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले यस्तो माग राख्दै आज सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । राजपत्रमा प्रकाशित नभएसम्म सरकारका कुनैपनि निर्णय आधिकारिक मानिंदैन । इजलाशमा प्रश्न उठेपछि मात्रै सरकारले रातारात राजपत्र प्रकाशित गरेको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार
प्रधानमन्त्री मोदीको नाइजेरिया भ्रमणसँगै भारतले पश्चिम अफ्रिकामा आफ्नो पहुँच बढाउदै
मंसिर २, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
मंसिर २, २०८१ आइतबार