लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २१:४८:५१
११ माघ, सिद्धार्थनगर । लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।
सातै प्रदेशका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले स्वागत गर्दै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा बताएको थियो । लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतकुमार कार्की, कर्णाली प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता ब्यक्त गरेको हो ।
लुम्बिनी भ्रमणका लागि आएका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बौद्धदर्शन बारेमा जानकारी गराएको थियो । भ्रमणका क्रममा प्रदेशका मन्त्री तथा सचिवले सङ्घीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको हो । उहाँहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्नेगरी कार्यक्रमसमेत बनाउन सकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार