उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको अर्थपूर्ण भेट
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २२:२३:२३
११ माघ, काठमाडौं । नेकपा (माधव–प्रचण्ड) समूहका अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार भृकुटीमण्डपको आमसभा सिध्याएर उपराष्ट्रपति कार्यालयमा पुगेर डा. बाबुरामसँग भेटघाट गरेका छन् । सो बेला प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य छलफल भएको उपराष्ट्रपति स्रोतले जनाएको छ ।
नेकपा काठमाडौंको विरोधसभा सकिएलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर पूर्व माओवादीका दुई शीर्ष नेताबीच छलफल भएको स्रोतले दावी गरेको छ । उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच करिब डेढ घण्टा छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्ड उपराष्ट्रपति निवासमा डा. भट्टाराईसँग करिब डेढ घण्टा विताएका थिए ।
प्रचण्ड लैनचौरस्थित उपराष्ट्रपति निवासमा पौने पाँच बजे पुगेका थिए भने त्यसलगत्तै बाबुराम पनि त्यहाँ पुगेका थिए । उनीहरु साढे ६ बजे लैनचौरबाट बाहिरिएको स्रोतले बतायो ।
सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभाजन नभएपनि दुईगुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीच भएको यो छलफललाई महत्वपूर्ण मानिएको छ । उनीहरुबीच के कुरा भयो भन्नेबारे केही खुलाइएको छैन् । उनीहरुबीच भेट भएको उपराष्ट्रपति कार्यालय निकट स्रोतले पुष्टि गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध यतिबेला नेकपा (माधव–प्रचण्ड) समूह र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै आन्दोलन गरिरहेको छ । दुबै पार्टीका नेताहरुले सँयुक्त आन्दोलन गर्नुपर्ने बताइरहेका छन । तर, नेकपा विभाजन नभइसकेकाले संयुक्त आन्दोलन भने हुन सकिरहेको छैन । यो भेटले संयुक्त आन्दोलनबारे नयाँ आधार बन्न सक्ने विश्लेषण गरिएको छ ।
केहीदिन अघिदेखि माधव प्रचण्ड समूहले जनता समाजवादी पार्टीसँग आन्दोलनको सहकार्य गर्ने प्रस्ताव राखेको थियो । सो प्रस्तावको लगत्तै प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न कुनै गाह्रो नहुने बताएका थिए । जनता समाजवादी पार्टीमा विवाद आएको बेला प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री स्वीकार्ने अभिव्यक्ति दिदा बाबुरामसँग भेटघाट हुनलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार