बौलाहा हात्ती शासन र निरीह नागरिक
नेपालबहस संवाददाता
माघ ११, २०७७ सोमबार ०:५३:१२
बौलाहाएकाे हात्तीले बाली मात्रै सखाप पार्दैन, मानवीय क्षति समेत पुर्याउने संभावना बढी मात्रामा रहेको हुन्छ । बाली मात्रै बिगार गरे अर्कोपल्ट फेरि पनि लगाउन सकिन्छ, फलाउन सकिन्छ तर मानवीय क्षति नै भैदियो भने बाली लगाउने र परिवारकै गुजारा चलाउन समस्या पर्ने निश्चित छ । वर्तमान नेपालको राजनीतिमा देखिएको अराजकताले मत्ताहात्तीको बहुलाहापनको झल्को दिइरहेकाे छ ।
देशले पटकपटक गरेका परिवर्तनका आन्दोलनहरु यस्तै बहुलठ्ठीपन नेतृत्वका कारण पटकपटक धरापमा पर्दै आईरहेका छन् । अझ ईमान्दार भएर भन्ने हो भने नेपालमा राजनीतिक अस्थिरता ल्याउन र नागरिकलाई पीडा माथि दमन र शोषण गर्न कम्युनिस्ट पार्टीहरुले खेलेका पर्दा अगाडि र पर्दा पछाडिका खेलहरुको फेहरिस्त अब नेपाली जनमानसमा लुकाई राख्नु पर्ने बिषय पनि रहेन ।
राणाशासन फाल्नेदेखि पञ्चायती शासनविरुद्ध आगो बाल्न सक्ने जिउँदो कांग्रेस अस्ताउन लागेको वर्तमान नेपाली राजनीतिक परिवेश तथा नेपाली कांग्रेसको राजनीतिमा गुटगत स्वार्थले मलजल पाएर असाध्यै नराम्ररी झाँङ्गिएको बेलामा नेपालमा कम्युनिस्टहरूको बिगबिगी र दादागिरी अचाक्ली रुपमा बढदै गैरहेको छ ।
२०२७ सालमा झापा बिद्रोहको नेतृत्व गर्दै हिँसात्मक आन्दोलनको नेतृत्व गर्नेहरुको पकड र दवदवा वर्तमानका कम्यूनिष्ट पार्टीभित्र दर्विलो तरिकाले फष्टाएर गएको देखिन्छ । जनतालाई सधै डर, त्रास र अभावमा राख्न सक्यो भने मात्र कम्युनिस्ट पार्टीहरु चिरकालसम्म जीवन्त रहन सक्छन् भन्ने गलत स्कुलिङ्ग नेकपाभित्र अहिलेसम्म पनि कायमै रहेको देखिन्छ ।
नेपाली नागरिक सधैं मुलुकमा स्थिरता र विकास चाहने तर मुलुकमा क्रियाशिल राजनीतिक दलहरु भने मुलुकलाई सधै अस्थिर बनाई विदेशीको ईशारामा चल्ने अटोमेटिक तथा रिमोट कन्ट्रोल खेलौना मात्र भैदिनाले देशमा प्रजातन्त्र प्राप्त भएर पटकपटक स्थिर सरकार बन्दा पनि मुलुकले राजनीतिक स्थिरता र विकास भने प्राप्त गर्न सकिरहेको छैन् । जसका कारण नेपाली जनतामा दिनानुदिन राजनीतिक बिचलन र बिभिन्न खालका परिवर्तनका आकांक्षाहरु पलाउँदै जान थालेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनको विगत अध्ययन गर्दा २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सरिक भएका नेताहरु र उनीहरुले लिएको प्रजातान्त्रिक अडान भन्दा २०२७ सालमा झापा बिद्रोहको नेतृत्व गर्दै हिँसात्मक आन्दोलनको नेतृत्व गर्नेहरुको पकड र दवदवा वर्तमानका कम्यूनिष्ट पार्टीभित्र दर्विलो तरिकाले फष्टाएर गएको देखिन्छ । जनतालाई सधै डर, त्रास र अभावमा राख्न सक्यो भने मात्र कम्युनिस्ट पार्टीहरु चिरकालसम्म जीवन्त रहन सक्छन् भन्ने गलत स्कुलिङ्ग नेकपाभित्र अहिलेसम्म पनि कायमै रहेको देखिन्छ ।
मुलुकको अग्रगामी छलाङ्गको नारा दिएर आन्दोलनमा होमिएको कम्युनिस्ट अहिले व्यक्तिगत लाभका लागि र केवल व्यक्तिगत पदका लागि मात्रै आन्दोलन गर्नुपर्ने अवस्थामा आईपुगेको छ । कम्युनिस्ट पार्टीको एउटा जत्था कुर्सी छोडनै नसक्ने र अर्को जत्था कुर्सी बिना बाँच्नै नसक्ने अवस्थाको स्थितिलाई निर्मुल पार्नेतर्फ भन्दा पनि उनीहरुकै लहडमा कांग्रेस पनि हिडिदिनाले वर्तमान नेपाली कांग्रेसको नेतृत्व कम्युनिष्ट भन्दा पनि निकम्मा देखिएको छ ।
२०४६ सालमा भएको प्रजातान्त्रिक आन्दोलनमा नेपालका कम्युनिस्ट पार्टीहरुलाई पनि सहभागी गराएर लैजाने नेपाली कांग्रेसको उदारता र खुल्ला हृदयलाई नेपालमा कृयाशिल कम्युनिस्ट पार्टीहरुले पटकपटक लात हान्दा पनि नेपाली कांग्रेसको घैटोमा घाम लाग्न र कम्युनिस्टहरुको असलियत बुझ्न अझै सकिरहेको देखिदैन् । २०६२ सालमा भएको दोश्रो जनआन्दोलनमा त झन् माओवादी जस्तो हिँसात्मक बाटोमा रहेको पार्टीलाई अँगालो हालेर चोख्याउने कामले स्वयं नेपाली कांग्रेसलाई बिटुलिन बाध्य भएको कुरामा थप वादबिवाद गर्नुपर्दैन जस्तो लाग्छ ।
देशमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने तर गैर प्रजातान्त्रिक चरित्रका कम्युनिस्ट पार्टीहरुलाई काखी च्याप्ने नेपाली कांग्रेसको दोहोरो चरित्रका कारण मुलुकले अझै पनि दिगो प्रजातान्त्रिक शासन व्यवस्थाको अनुभुति गर्न पाएकै छैन । हिजो नेपाली कांग्रेसको बहुमतको सरकारको विरुद्धमा र देशमा प्राप्त प्रजातान्त्रिक उपलब्धिहरुको विरुद्धमा हिँसात्मक आन्दोलनमा उत्रिएको माओवादी नामको नेकपा अहिले आएर आफ्नै पार्टीको बहुमतको सरकार भएको बेलामा समेत फेरि पनि सडक आन्दोलनमा उत्रिएको छ ।
विष बृक्षको फल खाँदा मात्रै हैन, विष बृक्षको फेदमा बस्दा समेत मानव स्वास्थ्यलाई असर गर्छ भन्ने कुराको मुल्यांकन गर्न नसक्ने र आफु कमाएर खान नसक्ने अनि सधैं भागवण्डामा रोईलो गर्ने कांग्रेसको बानी र व्यवहारमा सुधार नआएसम्म नेपालमा कम्युनिस्ट पार्टीहरुको विगविगी कायमै रहने देखिन्छ ।
हिजो नागरिकका जनजीविकाका सवाल र मुलुकको अग्रगामी छलाङ्गको नारा दिएर आन्दोलनमा होमिएको कम्युनिस्ट अहिले व्यक्तिगत लाभका लागि र केवल व्यक्तिगत पदका लागि मात्रै आन्दोलन गर्नुपर्ने अवस्थामा आईपुगेको छ । कम्युनिस्ट पार्टीको एउटा जत्था कुर्सी छोडनै नसक्ने र अर्को जत्था कुर्सी बिना बाँच्नै नसक्ने अवस्थाको स्थितिलाई निर्मुल पार्नेतर्फ भन्दा पनि उनीहरुकै लहडमा कांग्रेस पनि हिडिदिनाले वर्तमान नेपाली कांग्रेसको नेतृत्व कम्युनिष्ट भन्दा पनि निकम्मा देखिएको छ ।
बहुलाएको हात्तीका छेउमा पर्न नसक्ने तर चारकोश परबाट पिलपिले पुल्ठो देखाएर हात्ती लखेटने अभियानले नेपाली कांग्रेसको बिगतको गौरवशाली ईतिहासमा खिया लागेको प्रष्टै रुपमा अन्दाज लगाउन सकिन्छ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वले दह्रो खुट्टो नटेकिदिदाँको परिणाम नेपालमा कम्युनिस्ट नामका मत्ता हात्तीहरुको विगविगी झनै बढेर गैरहेको छ । विगतमा नेपाली कांग्रेसको लगौटी समातेर राजनीतिक बैतरणी तरेका कम्युनिस्टहरू अहिले नेपाली कांग्रेसलाई नै लल्कार्दै देशको शासनसत्ताको बागडोर सम्हाल्ने अवस्थामा आईपुगेका छन् ।
जनताको जनमतलाई धोती लगाउँदै आफुखुशी कानुनको अपब्याख्या गर्दै नितान्त आफ्नो व्यक्तिगत फाईदा र बिरोधी निमिट्यान्न पार्ने वर्तमान ओली सरकारको कदमलाई असंवैधानिक ठान्दै सडक आन्दोलनमा रहेको नेपाली कांग्रेस समेत त्यही ओलीसँग सहकार्य गर्दै फेरि पनि सरकारमा जाने हल्लाहरुले नेपाली कांग्रेसको वर्तमान नेतृत्व पद र कुर्सीका लागि कति तलसम्म गिर्न सक्दोरहेछ भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।
बहुलाएको हात्तीले कतिका घर भत्काउने हो ? कतिका बालिनाली ध्वस्त पार्ने हो ? कतिका घरपरिवारका सदस्यलाई सोत्तर बनाउने हो ? कतिका बालबालिकालाई टुहुरा बनाउने हो ? र अन्त्यमा आफु कुन भड्खालोमा पुगेर उत्तानाचित हुने हो ? त्यो भने हेर्न बाँकी नै छ ।
विष बृक्षको फल खाँदा मात्रै हैन, विष बृक्षको फेदमा बस्दा समेत मानव स्वास्थ्यलाई असर गर्छ भन्ने कुराको मुल्यांकन गर्न नसक्ने र आफु कमाएर खान नसक्ने अनि सधैं भागवण्डामा रोईलो गर्ने कांग्रेसको बानी र व्यवहारमा सुधार नआएसम्म नेपालमा कम्युनिस्ट पार्टीहरुको विगविगी कायमै रहने देखिन्छ ।
केपी ओलीका दिनहुँ जसो हावादारी भाषण, अनर्गल आक्रमण, र पदीय दायित्वले पचाउनै नसक्ने गलत कार्यशैलीका कारण उनको दिमाग अहिले सही सलामत त छ ? भनेर विश्वास गरिहाल्ने अवस्थामा समेत देखिदैन् । बहुलाएको हात्ती झै एकोहोरो आक्रमणमा मात्रै उत्रिएका प्रधानमन्त्रीको समयमै उचित ईलाज र उचित व्यवस्थापन गर्न नसके मुलुकले अझै ठुलो राजनीतिक संकटको सामना गर्नुपर्ने देखिन्छ ।
हुलमा रहेको हात्ती भन्दा एक्लै हिडने हात्ती बढी खतरनाक हुन्छ । त्यसमा पनि आफन्तको हुलकाँट बिछोडिएर बहुलाएको हात्ती झनै खतरनाक हुन्छ । वर्तमान सरकारका कामचलाउ प्रधानमन्त्री पनि हुलबाट छुट्टिएर एक्लै भएको रहानामा होस् गुमाएको अवस्थामा पुगेको झै देखिएको छ । बहुलाएको हात्तीले कतिका घर भत्काउने हो ? कतिका बालिनाली ध्वस्त पार्ने हो ? कतिका घरपरिवारका सदस्यलाई सोत्तर बनाउने हो ? कतिका बालबालिकालाई टुहुरा बनाउने हो ? र अन्त्यमा आफु कुन भड्खालोमा पुगेर उत्तानाचित हुने हो ? त्यो भने हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार