गुल्म र नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
माघ ११, २०७७ सोमबार ०:४०:९
११ माघ, कलैया । बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आज सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा चन्दननाथ गण र नं २८ फि। ए। गुल्मको संयोजकत्व र सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर गरिएको थियो ।
नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउन र जनतासँग प्रत्यक्ष घुलमिल गर्न सहयोग पुयाउने उद्देश्यले शिविरको आयोजना गरिएको श्री नम्बर २८ वाहिनीका वाहिनीपति जोनसन खड्काले जानकारी दिए । श्री नं २८ फि।ए। का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानीयवासीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए । ‘दुःखको बेला नेपाली सेना जनतासँग’ भन्ने नेपाली सेनाको अभियानअनुसार कोरोना भाइरस तथा आर्थिक विपन्नताका कारण औषधि उपचार गराउन नपाएका सर्वसाधारणको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताए ।
स्वास्थ्य शिविरमा करीब ७०० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा १८९ महिला, १४५ पुरुष र ७६ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधि पाएका हुन् । महिलामा धेरै सन्तान जन्माउने कारणले हुने समस्या सो शिविरमा उपचारका लागि आएका अधिकांश महिलामा देखिएको थियो, चिकित्सक अधिकृत सहसेनानी दृष्टिना प्रधानले बताए । स्वास्थ्य परीक्षण गर्दा स्थानीयवासीमा श्वासप्रश्वास, ग्यास्ट्रिक, हाडजोर्नी, एलर्जी, आँखाको समस्या, पेटसम्बन्धीका रोगहरु बढी मात्रामा देखिएको र शिविरमा स्थानीयवासीलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, इसिजीलगायत सेवाहरु प्रदान गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।
श्री नं २८ फिल्ड एम्बुलेन्सका चिकित्सक अधिकृत सहसेनानी प्रधानको नेतृत्वमा १५ जना मेडिकल टोलीले जाँच गरेका थिए । आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधि पाएपछि सिम्रौनगढ नगरपालिका–१० का जगदीश पण्डितले खुशी गर्दै नेपाली सेनालाई धन्यवाद दिएका थियो । श्री नं २८ वाहिनी अड्डाका वाहिनीपति खड्काको समन्वयमा सञ्चालित उक्त स्वास्थ्य शिविरको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले उद्घाटन गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, सुशासन कायम गर्नका लागि आफूले काम अगाडि बढाइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार