क्षण भङ्गुरता
नेपालबहस संवाददाता
माघ १३, २०७७ बुधबार ०:५०:४३
यहाँ बाटो फराकिलो पार्नेहरु कै
मन साँघुरिएको हुन्छ ।
अरुलाई अर्ति र उपदेश बाँडनेहरुको मन नै
चरम आर्थिक अभाव र समाजिक दवावका कारण
उत्पन्न बाध्यता र बिवशताको भूमरीमा
चाउरिएको र साँघुरिएको हुन्छ ।।
कालोलाई सेतो र हरियोलाई रातो
बनाउनेहरु कै बोलाबाला भएको तिम्रो शहरमा
निर्जिव अस्थिपञ्जरका रुपमा रहेका घरहरु बिस्तारै
बिस्तारै बाक्लिदैं जान थालेका देखिन्छन् ।
सजिवताका धरोहरका रुपमा रहेका
मानवीय आचरण र सम्बन्धहरु भने
बिस्तारै बिस्तारै पातलिदै जान थालेका देखिन्छन् ।।
हिजो सँगै खाएको, हिँडेको, पढेको
एउटै कुवाको पानी अञ्जुलीमा खाएर बढेको
सँगै गोठाला र खेतालमा रमाएको
गाँउमा आफ्नो बेग्लै प्रभुत्व जमाएको ।
असाध्यै मिल्ने, अति नै मिलनसार देखिने
मेरो साथी आज अचानक, अनायासै
सफलताको सिढीं चढेको देख्दा खुशी लाग्छ
सँगै उ भित्रको हिजोको मानवीयता मरेको देख्दा
लाग्छ उ भित्रको मित्रता र आत्मियताका ठाउँमा
उम्रिएका क्षणिक उपलब्धिले
स्थान जमाएर बसेको छ ।।
उसलाई भौतिक संसारका सबै थोक
मेरै हो भन्ने भान परेको छ ।
आफु जन्मिएको, हुर्किएको
आफ्नो सुन्दर गाँउ छोडेर अहिले
उ अनकन्टार शहर तिर झरेको छ ।
म त्यही गाँउको कान्लामा बसेर एकटकले हेरिरहेको छु
पर क्षितिजमा देखिने काबेलीको किनारामा सधैं झै
आज पनि एउटा मानव लास जलेको छ
क्षण भंगुरताको एउटा गतिलो उदाहरण
आजको जिँउदो मानव सामु पस्किरहेको छ ।।
जीवन एक बगिरहने बक्रावति नदी न हो
अभाव र दवावमा खोजिएको मात्र क्षणिक सुखभोगको
एक काल्पनिक अनूभुति न हो ।
ज्यूँनु र मर्नु बीचको समयको ब्यवस्थापन गर्ने
एक सांसारिक क्षणिक सुख भोग मात्र हो ।
अर्काको धेरै देख्ने र आफुलाई अभावै अभाव लेख्ने
मानव निर्मित धनी र गरिब शब्द संयोजन गर्ने
सेतो कलम भित्र भरिएको दुई थोपा कालो मसी हो ।।
दमक, झापा
माघ १०, २०७७
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
मानव बेचविखनविरुद्ध पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाइने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार